सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा चार दिनमा दिनमा ३ हजार १ सय ३१ परिवारलाई राहत वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणको कारण सरकारले लकडाउन घोषणा गरेपछि चन्द्रनगरमा दैनिक ज्यालादारी गरी बस्ने परिवारमा खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण दिईएको हो ।
७ वटा वडा रहेको चन्द्रनगर गाउँपालिकामा पहिलो दिन वडा नं. २ , ७ र दोश्रो दिन वडा नं. ५, ६ र तेश्रो दिन वडा नं. ४ र चौथो दिन आज वडा नं. १ र ३ मा राहत वितरण गरिएको छ । वडा नं. २ का ५ सय ४१ , वडा नं. ७ का ३ सय १०, वडा नं ्र५ का ४ सय ५ र वडा नं. ६ का ५१०, तेश्रो दिन वडा नं. ४मा ५सय ६ र चौथो दिन आज वडा नं. १मा ४ सय ८५, वडा नं. ३ मा४ सय ३३ परिवारलाई राहत दिइएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए। राहत वितरणमा प्रदेश सरकारले दिएको १० लाख र गाउँपालिकाको १४ लाख गरी जम्मा २४ लाखको राहत सामग्री ३ हजार १ सय ९१ परिवारलाई वितरण गर्नुपर्नेमा ३७ परिवार छुटेकोले चाडै नै छुटेको परिवालाई पनि राहत दिईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिए ।
१ देखि १० जनासम्म सदस्य संख्या भएको परिवारलाई १० किलो चामल, एक किलो दाल, १ किलो नुन र आधा लिटर खानेतेल वितरण गरिएको छ । ११ जना वा सोभन्दा बढी सदस्य संख्या भएको १ सय २५ परिवारलाई १५ किलो चालम दिएको प्रशासकीय अधिकृत साहले बताए । यो सँगै सर्लाही जिल्लामै राहत वितरण कार्यक्रम सम्पन्न गर्ने पहिलो स्थानिय तह चन्द्रनगर गाउँपालिका बनेको छ ।






