बझाङ । बझाङको प्रशिद्ध छविसपाथिभेरा गाँउपालिकामा लाग्ने धार्मीक मेला बान्नीकी चैतली संचालन गरेको आरोपमा यहाँँका जनप्रतिनिधी, पुजारी र मन्दिर संरक्षण समितीका पदाधिकारीहरु सहति ९ जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
कोरोना भाईरस तथा कोभिड १९ को महामारी फैलीन नदीन नेपालमा पनि लकडाउन भैरहेको समयमा यहाँका स्थानीय बासिन्दाहरुले लकडाउनको बेवास्था गर्दै लडकडाउन उल्लङ्घन गरेको भन्दै बुधबार उनिहरुलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका ईन्पेटर नेत्र बहादुर बोहराले बताए । प्रक्रउ पर्नेमा छविसपाथिभेरा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडा अध्यक्ष केशब राज जोशि, वर्डा नम्बर ४ का वडा अध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाँउपािलकाका प्रबत्ता लोकेन्द्र बहादुर ठगुन्ना रहेका छन् ।
यहाँ जनप्रतिनीधी संगै बान्निमष्टा मन्दिरका पुजारी निर्प प्रसाद जोशि र उनका दुईजना सहयोगी फसलपाते पण्डीत डम्बर बहादुर धामी , पुजारी जयकृष्ण जोशि रहेको ईस्पेटर बोहराले जानकारि दिए । उनिहरु संगै एइक जना स्थानीय रजबार ईन्द्र बहामदुर सिहँ र मन्दिर संरक्षण समितीका सचिब राजेन्द्य्र बहादुर सहिँलाई नियन्त्रणाम लिई आवष्यक अनुसन्धान भै रहेको बोहराले जानकारि दिए । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आवश्यक अनुसन्धान भैरहेको र लकडाउन उल्लंघन गरेको आरोपमा उनिहरुलाई अनुसन्धानका लागी नियन्त्रणमा लिएको. बताए ।
कोरोनाको त्रासमा देश नै लकडाउनमा गएको समयमा भने यहाँका स्थानीय बासिन्दाले लकडाउनको बेवास्था गर्दै चैत्र २४ गते हजारौको संख्यामा मेला सम्पन्न गरेका थिए । बझाङको छबिस पाथिभेरा गाँउपालिका वडा न. ३ को बान्नीचौरमा चैतली मेला लागेको थियो ।
हरेक बर्षको चैत्र शुक्ल त्रेयोदशीका दिन मनाईने बान्नीको चैतली यस बर्ष चैत्र २४ गते परेको थियो । सरकारले बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभा सम्मेलन, अनाआबश्यक भिडभाड गर्नमा रोक लगाएको भएपनि छविसपाथिभेरा गाँउपालिका वडा नं. ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानियहरुको घुईचो नै लागेको थियो ।
बिश्वमा महामारीको रुपममा फैलीएको कोरोना भाईरसबाट संक्रमण हुनेको संख्या नेपालमा पनी बढेसँगै सरकारले थप प्रभावित नहोस भन्ने उदेश्यले लकडाउनको घोषण गरेको हो ।
प्रशिद्ध चैतली मेलामा तल्लो छबिस र मल्लो छबिस बिच भकुण्डो खेल्दा बिबाद भएपछी दुईजना समेृत घाईते भएका थिए । दुई पक्ष विच ढुङ्गा मुडा भए पछि दुईजना घाईते भएका हुन् ।
सुदुर पश्चिमको प्रशिद्ध मेला बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका थिए । परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवता संग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासो बाट मुक्त गर्नका लागी सुर्मा देवी प्रकट भै महिसाशुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ ।






