सुपा देउराली मन्दिर नसर्ने

अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सत्य नभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक संजालमा आएपछि मन्दिर संरक्षण समितिले खण्डन गर्दै पत्रकार सम्मेलन राखेको मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले बताए ।

अर्घाखाँचीको प्रमुख पर्यटकीय गतन्तव्य मात्र नभई देशकै चिनारीको गलत प्रचार गर्नले नकारात्मक संदेश गएको भन्दै मन्दिरको पहिँचान र क्षेत्र कसैले मेटाउन नसक्ने समितिका सचिव हरि खनालको भनाइ छ । गलत नियतले गलत स्रोतको प्रयोग गरि समाचार सम्प्रेषणको गरेको बताए ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ र शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको मन्दिरको भेटीबाट मासिक २ लाख १७ हजार भन्दा बढी रकम विद्यालय,स्वास्थ्य चौकी लगातका सामाजिक क्षेत्रमा खर्च गर्दै आएको सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताए ।

शितगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले बाबु बाजेका पाला बाट नै यस्को महत्व कायम हुँदै आएकाले मन्दिर जहाँ छ ।त्यहि नै रहने दाबी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 381 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चन्द्रनगरमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित