मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

सुन्दरहरैचा । मोरङको बेलबारीमा श्रीमतीको हत्या पछि श्रीमानले पनि आत्महत्या गरेका छन् । मोरङको बेलबारी– १ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन् ।

बमबहादुरले गए राति धारिलो हतियार प्रहार गरी श्रीमती गीताको हत्या गरेको इलाका बेलबारीका प्रहरी निरीक्षक तेज बहादुर दाहालले जानकारी दिए । प्रहरी निरीक्षक दाहालका अनुसार पत्नीको हत्या गरेपछि उनले त्यही हतियारले घाँटी रेटेर आत्महत्या गरेका बताए ।

श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमानलाई गम्भीर अवस्थामा फेला पारिएको थियो । उनको नको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरीले दाउ, मार्तड समेत फेला पारेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा बालेन शाहको अग्रता कायमै