पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज सोमबार बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ ।
स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी मेट्रोसिटी अस्पतालमा पु¥याइएकामा केहीबेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने उनको भनाइ छ । मृतक अमेरिकी नागरिक एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’
उदयपुर सिमेन्ट महाप्रबन्धकविहीन, ६ करोडको सिमेन्ट अझै गोदाममै
च्याउ खोज्न जंगल गएका १४ महिला बेपत्ता
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान
‘बाँदर हेरालु’का लागि जागिर खुल्यो, मासिक तलब कति ?
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र






