६ सातामा १५ केजी मोटाए फरहान

मुम्बई । बलिउड अभिनेता फरहान अख्तरले नयाँ फिल्म ‘तुफान’का लागि ६ सातामा आफ्नो तौल १५ केजी बढाएका छन् । उनी यो फिल्ममा पातलो र मोटो दुवै शारीरिक रूपमा देखिने भएका छन् ।

अभिनेता फरहानले आफूलाई दुब्लो हुनभन्दा मोटाउन गाह्रो परेको बताएका छन् । यसअघि उनले फिल्म भाग मिल्खा भागमा आफ्नो शारीरिक अवस्थाभन्दा १३ किलो तौल घटाएर पूरा दुब्लो हुनुपरेको थियो । त्यतिबेला आफूसँग प्रशस्त समय भएकाले दुब्लो हुन गाह्रो नभएको यी अभिनेताले बताएका छन् ।

तर, फिल्म तुफानमा आफू मोटो र पातलो दुवै अवस्थामा प्रस्तुत हुनुपर्ने र दुब्लोबाट मोटो हुन ६ साता मात्र समय भएकाले सो अवधिमा आफूले १५ केजी तौल बढाएको यी अभिनेताको कथन छ । फिल्मको कथाअनुसार उनी बक्सर खेलाडीका रूपमा यसमा प्रस्तुत हुँदै छन् ।

नियमित फिटनेसमा रमाउने उनले यसपटक ६ सातासम्म आफ्नो आहारभन्दा धेरै नै खाना खानुपरेको बताएका छन् । बोसोयुक्त, चिल्लो युक्त, गुलियो युक्त खाना यो अवधिमा आफूले खाएको पनि उनले बताए । ६ सातामा तोकिएअनुसार १५ केजी मोटाउँदा आफूलाई निकै असहज लागेको पनि उनले बताए । एउटा कलाकार भएपछि कथाको मागअनुसार आफूलाई चरित्रमा ढाल्न जस्तो तयारी पनि गर्नुपर्ने भएकाले यसपटक मोटाउने कार्य आफूले पूरा गरेको उनले बताए ।

यो चलचित्रको ‘फस्ट लुक्स सार्वजनिक गर्दै यी अभिनेताले यस्तो खुलासा गरेका हुन् । फस्ट लुक्समा उनी बक्सिङ खेलाडीका रूपमा प्रस्तुत भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब