वरको बिरुवा रोप्दै प्रजिअ रेग्मीले भने —‘सत्कर्ममा बृक्षारोपण गरौ’

रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अब हरेक सत्र्कममा बिरुवा रोप्ने बानीको बिकाश गर्नुपर्ने बताएका छन । सोमबार रौतहटको चन्द्रपुर नगरपालिका वाड नंं ८ मरधरबाट शुरु भएको जन्म दिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रममा वरको बिरुवा रोप्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले यस्तो बताएका हुन ।

प्रकृति नै हाम्रो जिवन हो भन्ने चेतना मानवमा हराउँदै गएको प्रति प्रजिअ रेग्मीले चिन्ता व्यतm गरेका छन । प्रकृतिलाई माया र संरक्षण गर्नु पर्ने धारणमा हराउँदै गएकाले यसलाई जागृत गर्ने वेला भएको सिडिओ रेग्मीको भनाइ छ । प्रकृति भनेको रुख विरुवाको संरक्षण, वृक्षारोपण, हरियाली सिर्जना, जीवजन्तुको संरक्षण र खोला तटवन्ध गर्ने लगायतका कार्यहरु रहेको चर्चा गर्दै प्रजिअ रेग्मीले यसलाई धर्मसंग जोडिएको उल्लेख गरे ।

अहिले गाँउ घरमा रहने ठुला ठुला वर–पिपलको रुखको पुस्ता अघिकाले रोपेको र अहिलेकाले छहारी र शितलता पाएको बताए । हामीले रोपेका विरुवाको पछिको पुस्ताले उपभोग गर्ने उनको धारणा छ । हरेक दुष्ट्रिकोणले बोटविरुवा आवश्यक भएकाले जन्म दिन वृक्षारोपण गरेर मनाउन उनले सुझाब दिए । यस अघि पर्सामा रहँदा समेत हरित अभियान संचालन भएको उनले स्मरण गरे ।

सो कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका वन प्रमुख शैलेन्द्र मिश्राले वन विनास गर्नेलाई संरक्षण वा वृक्षारोपणका लागि सुझाव दिने गरेको बताएका छन । वन संरक्षण गर्नु सवैको दायित्व भएकाले आ–आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने उनको धारणा छ । वनको महत्व र फाईदा सवैदले वुझ्नु पर्ने मिश्रको भनाई छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले वन संरक्षणत्मक काम गर्दै आएको डेफु मिश्रले दावी गरे ।

यसैगरी सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द प्रसाद चौलागाईले सामाजिक वा पुण्यको कार्य गरेर परम्परात शैलीमा जन्म दिन मनाउनु पर्ने बताए । जन्म उत्सवमा महँगो होटलमा भोज गर्नु गलत भएको उल्लेख गर्दै उहाँले वृक्षारोपण गरेर जन्म दिन मनाउन आग्रह समेत गरेका छन । जन्मपछि मानवले सत्कर्म गर्नु पर्ने बिचार राख्दै वाह्य संस्कृतिलाई बढवा दिन नहुने तर्क गर्नुभयो । नयाँ पुस्तालाई संस्कार सिकाउनका लागि पनि सत्कर्म आवश्यक रहेको सचिब चौलागाइले बताए ।

हिमेश चौलागाईको जन्म दिनको अवसरमा यहाँ वृक्षारोपणको दाश्रो पटक थालनी गरेको उनले प्रष्ट पारे । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रमेश तिमलसिना,प्रेस सेन्टरका केन्द्रिय सदस्य मनोज कुमार साह,प्रेस सेन्टरका रौतहट अध्यक्ष सुब्बा कार्की,नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह सचिव दिपेश पौडेल, पत्रकार अनमोल कार्की, जनजागृती माबि सिन्धुरेघारीका प्रधानाध्यापक शत्रुधन प्रसाद साह,स्थानीय खडगबहादुर कार्की, चेतनगरका समाजसेवी श्याम श्रेष्ठ,सन्तपुर,जुडिबेला माबिका प्रधानाध्यापकको उपस्थिती रहेको थियो ।

चाँदी नदिको किनारमा रहेको जमिनमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको थियो । यो अभियान जुडिबेला ,गैडाटार,पौराइ ,बागमती हुँदै चोचामैरा सहित देशैभरी संचालन गरिने नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब चौलागाईले जानकारी दिएका छन । तराई विकास तथा संञ्चार केन्द्र काठमाण्डौको आयोजनामा भएको वृक्षारोपण अभियान चलाइएको हो । यस अघि गत चैत्र ३ गते पनि सोही क्षेत्रमा बृक्षारोपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल