नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका- १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको बर्ष झै भगवान माङ्चेभुमेको जात्रा लागेको छ । शिवपुरी गाउँपालिका -१ दिङ्गाममा अवस्थित यस मन्दिरलाई पालिकाको पुर्वी भेगका जनताहरुले शक्तिपिठको रुपमा पुज्ने गर्छन । शिवपुरी गाउँपालिकाको अध्यक्ष गोबिन्द थपलियाले रिवन काटेर उदघाटन गरिएको यस जात्रामा हजारौ भक्तालुजनहरुले प्रत्यक्ष दर्शन गरिएको थियो।

शिवपुरी-१ का वडाध्यक्ष सुकुराम तामाङसहित स्थानीय सरकारका प्रमुखहरु उपस्थीत भएको यस जात्रामा दर्जनौ झाक्री सुमुहहरु उपस्थित भएको थियो । पुजा पपश्चात पालिका अध्यक्षले मिडियाकर्मीहरुसँग भने ‘सुरुवाती बर्षदेखि पालिकाबाट जात्रा ब्यवस्थापनमा बजेट हालेको जानकारी दिदै गाउँपालिकाको नै महत्वपूर्ण धार्मिक स्थललाई पर्यटन क्षेत्रको रुपमा विकास गराउन सके यस क्षेत्रको जनताको आर्थिक तथा सांस्कृतिक पाटो अझै बलियो हुनेछ ।’

वडाबाट सकेको सहयोग गरेको जानकारी दिदै वडाध्यक्ष सुकुराम तामाङले अझै यस ठाउको प्रचार प्रसार गर्न सके आर्थिक लाभ लिन सकिने जानकारी दिए । उन अवको दिनमा प्रदेश तथा केन्द्रको बजेट हालेर अझै ब्यवस्थित बनाउनेमा पहल गर्ने जानकारी दिए । 

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय