राम नवमी : धर्म र अध्यात्म देशकै गौरव

अयोध्यामा विशाल राम मन्दिरको उद्घाटन भएको छ हालै । उता मुस्लिम देश यूएईको अबुधाबीमा विशाल हिन्दु मन्दिरको उद्घाटन केही समयअघि वसन्त पञ्चमीको अवसर पारेर भएको छ र दैनिक लाखौं पर्यटक भ्रमणमा आउन थालेका छन् त्यहाँ । हाम्रा अनगिन्ती मठमन्दिर छन् र विश्वको चिनारी रामकै आत्मा श्रीशिवको मन्दिर छ यहाँ पशुपतिनाथ । सगरमाथा संसारको छानो पनि छ र शान्तिका अग्रदूत बुद्ध भूमि लुम्बनी पनि छ तर हामीले यसको महत्व आपैंmले बुझेका छैनौं, आपूmले नबुझी अरूलाई कसरी बुझाउन सकिएला । हामी बरु धर्म निरपेक्ष बन्न तयार भयौं तर संसारमा सवा अर्ब बढी हिन्दु सनातनीहरू छन् र तिनले जीवनमा एकपटक मात्रै भए पनि नेपालको भ्रमण गरे भने हाम्रो आर्थिक अवस्था कति राम्रो हुँदो हो तर हामी हिंड्दै छौं पाइला मेट्दै छौं र सुनको थालीमा भिक्षा पनि माग्दै छौं । आज रामनवमी भगवान् रामको धर्ती पदार्पणको दिन ।

राम भन्नासाथ सीताको प्रसंग आउँछ, चर्चा गरौं हाम्रो जनकपुरको । यहाँ राम सीताको विवाह महोत्सव मार्ग शुक्ल पञ्चमीमा मनाइन्छ र भनौं राम जानकी विवाह महोत्सव साताव्यापी रूपमा मनाइन्छ । अहिले बस्ती वृद्धिका कारण राम जन्मभूमि अयोध्या क्षेत्रलगायत धेरै स्थान र हाम्रै जनकपुर मिथिला क्षेत्रमा पनि सरसफाइको समस्या देखापरेको छ पूर्वीय शास्त्रले प्रदूषणलाई पाप भनेको छ । धार्मिक, आध्यात्मिक दृष्टिले प्राचीन समयदेखि नै महत्व पाएको नेपालमा जति घरहरू छन् त्यति नै मन्दिर पनि । जनकपुर क्षेत्रमध्ये जनकपुरधाम, धनुषाधाम, जलेश्वरशिव, सिन्धुलीको कुशेश्वर शिव, दोलखाको भीमेश्वर शिवलगायत कालिञ्चोक देवी जस्ता प्रसिद्ध शक्तिपीठहरू यहीं छन् ।

मिथिलेति त्रिवर्णीयं श्रुतितोद्रपि गरीयसी । मकारो विश्कर्ता च थकार ः स्थितिपालकः ।।
लकारो लयकर्ता वै त्रिमात्रा शक्तयोेऽभवन् । प्रणवेन समं सिद्धि ः सर्वाघौघंनिवारणम् ।।
पौर्णमासीं विना चन्द्रो यथा पूर्णो नजायते । तथा तीर्थादिकं कृत्वा पूर्णो न मिथिलां विना ।।
मिथिलायां कृतं पुण्यमिहलोके परत्र च । अक्षयं स्यात्तु तत्सर्वं राम–सायुज्यकारकम् ।। –विष्णुपुराण

मिथिला क्षेत्र आपैंm महान् छ । ३ अक्षर मिथिलाको ‘मि’माने विश्वको सृष्टि हो, ‘थि’ले रक्षा, संसारको पालन बुझिन्छ र ‘ला’ ले लय, प्रलय भन्ने संकेत गर्छ । चन्द्रमा बिना पूर्णिमा अधुरो भए भैंm मिथिला बिनाको तीर्थ अधुरो रहन्छ । मिथिलामा गरिएका कुनै पनि सुकार्यले इह र परलोक दुवै सुध्रिन्छ । रामसीताकै कारण त्यस क्षेत्र सायुज्य मुक्ति क्षेत्र नै हो । यस्तै सौभाग्य बोकेको यस क्षेत्र हाम्रा लागि अहोभाग्यको विषय हो ।

सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर अर्थात् तीनको समष्टि ॐ को केन्द्र मिथिला हो । सृष्टि, स्थिति र संहारकी प्रतीक महामाया, महालक्ष्मी र महाकालीस्वरूप सीताको उद्गमस्थल जनकपुर क्षेत्र हो

विष्णुपुराण, स्कन्दपुराण आदि पूर्वीय शास्त्रहरूले जनकपुरधामका’bout विशद् वर्णन गरेका छन् । जनकपुर क्षेत्रलाई मिथिला क्षेत्र भनिन्छ । दार्शनिक तपस्वी राजा जनकको राज्य क्षेत्र भएकाले यस क्षेत्रको नाम जनकपुर रहेको हो । मिथिला क्षेत्र निकै व्यापक छ । दक्षिणमा भागीरथी, पूर्वमा हिमालय क्षेत्र कौशिकी नदी र पश्चिममा गण्डकी नदीबीच भंग मिथिला क्षेत्र हो । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर अर्थात् ३ वटाको समष्टि ॐ को केन्द्र मिथिला हो । सृष्टि, स्थिति र संहारकी प्रतीक महामाया, महालक्ष्मी र महाकालीस्वरूप सीताको उद्गमस्थल जनकपुर क्षेत्र हो । पापनाशक मिथिला क्षेत्र विश्वकै लागि उत्कृष्ट क्षेत्र हो ।

महिनाभरिमा पूर्णिमा जसरी पूर्ण छ, त्यसैगरी व्रत, तीर्थ, पुण्यको पूर्णताका लागि मिथिलापुरीको दर्शन आवश्यक छ । मिथिलामा गरिएको पुण्य अन्य क्षेत्रमा तुलना हुन सक्दैन । अक्षय फल प्राप्त गर्न चाहने साधकले जनकनन्दिनी सीताको क्षेत्र जनकपुरको भ्रमण गर्नैपर्ने हुन्छ । मिथिलाका १५ नाम शास्त्रले बताएका छन् । १) मिथिला २) वैदेही ३) यज्ञक्षेत्र ४) जानकीजन्मभूमि ५) विश्वमंगला ६) क्रियापीठ ७) विकल्मषा ८) निरपेक्षा ९) नैमिकानन १०) रामानन्दकरी ११) स्वर्णलाङ्घन पद्धति १२) तैरमुक्ति १३) तपोवन १४) शाम्भवी १५) स्वर्णकानन ।

ब्रह्म ज्ञानी जनकबाट व्यासपुत्र शुकदेव स्वामीले भागवतको अध्ययन गरेका थिए । नौ बालयोगीश्वरहरू– कवि, हरि, अन्तरिक्ष, प्रबुद्ध, पिप्लायन, आविर्हाेत्र, दु्रमिल, चमस, करभाजनले राजाजनकलाई ब्रह्म ज्ञान सिकाएका थिए । महाज्ञानी महर्षि याज्ञवल्क्य राजा जनकका गुरु थिए । संसारका ज्ञानी, महात्मा, पुण्यात्मा जनकसँग वेदान्तको ज्ञान सिक्न आउँथे । अध्यात्मज्ञानका शिखर पुरुष राजा जनकलाई विदेह महाराज भनिन्थ्यो । देह भएर पनि देहबाट मुक्त, संंसारमा रहेर पनि सांंसारिक विषयबाट मुक्त राजा जनकको दरबारमा योग शिक्षा सिकाइन्थ्यो । अध्यात्म क्षेत्रका स्रोत व्यक्तिको सभा, सम्मेलन भइरहन्थ्यो । भनिन्छ, जनकपुर क्षेत्रका पशु, पंक्षी, वृक्ष, वनस्पति सबैले वेदको भाषामा कुराकानी गर्थे । सम्पूर्ण वायुमण्डल वेदमय बनेको थियो । सर्वत्र पूजित व्यक्तित्वको संगम क्षेत्र मिथिला विश्वको सर्वोत्कृष्ट ज्ञान र विज्ञानको स्रोत रहेको थियो ।

मैथिली भाषाका कवि श्रीविद्यापति कोकिलको शालिकसमेत भएको यो क्षेत्रमा मिथिला साहित्यको भरपुर विकास भएको छ । पावन नदीले सेचन गरेको मिथिलाभूमिमा भगवती आद्या शक्तिस्वरुपिणी महामायाले धर्तीमा अवतरित हुने निधो गर्नुभयो । एकदिन सुनको हलोले यज्ञभूमि जोतिरहेको बेला वसन्त ऋतु, वैशाख शुक्ल नवमीको पुण्यतिथिमा पृथ्वीको गर्भबाट जगत् जननी जानकीको उदय भयो । अति राम्री कन्या प्राप्त गरेका राजा जनकले महारानी सुनैनालाई छोरीका रूपमा लालनपालन गर्न आज्ञा दिनुभयो । सीताको उदय दिन भने वैशाख शुक्ल नवमी हो, यसपालि यही २०८१ जेठ ३ गते परेको छ ।

अघि सृष्टिकर्ता ब्रह्माजीको अंगबाट उत्पत्ति भएका स्वयम्भू मनु र रानी शतरूपाले सर्वेश्वर श्रीहरिको तपस्या गर्दा श्रीहरि प्रसन्न भई वरदान माग्न भन्नुभयो । स्वयम्भू मनु र शतरूपा महारानीले एकै स्वरमा ‘तपाईँ जस्तै पुत्र प्राप्त गर्न सकौं’ भनेर वरदान मागेकाले भगवान्ले ‘तथास्तु’ भन्नुभएको थियोे । एकपटक मात्र होइन तीन पटकसम्म युगयुग पिच्छे आफू पुत्र भएर धर्तीमा अवतरण हुने भगवान्को वचन थियो । त्रेतायुगमा पृथ्वीका दुष्ट शासकविरुद्ध भूभार हरण गरी लोकहित र लोककल्याण गर्न श्रीहरिले रामअवतार लिने निधो गर्नुभयो । मनुष्यका रूपमा अवतरित हुने क्रममा अघि वरदान प्राप्त स्वयम्भू र शतरूपा अयोध्या नगरीमा राजादशरथ र रानीकौशल्याको गर्भमा आपूm रहने विचार गर्नुभयो । भारतको अयोध्या नगरीमा राजादशरथ पुत्र श्रीहरि श्रीरामका रूपमा अवतरित हुनु र श्रीलक्ष्मीले जनक नन्दिनी सीताको रूपमा अवतरित हुनु केवल संयोग मात्र नभएर पूर्वयोजना नै थियो ।

महिनाभरिमा पूर्णिमा जसरी पूर्ण छ, त्यसैगरी व्रत, तीर्थ, पुण्यको पूर्णताका लागि मिथिलापुरीको दर्शन आवश्यक छ

राम र सीताको विवाहमा स्वयं ब्रह्माजीसमेत आउँदा जनकपुरको वैभव देखेर आफ्नो रचनामा आश्चर्य मान्नुभएको थियो । त्यसबेला जनकपुरमा देखिएको स्वर्णमण्डप, अलौकिक कलाकौशलता, भव्य महलहरू हेर्दा सिर्जनाकी स्रोत महामाया देवीको कृपाप्रसाद भनेर सहजै भन्न सकिन्थ्यो । जनकपुरको मध्यबजार क्षेत्रमा जानकी मन्दिर रहेको छ । भारतकी टीकमगढकी महारानी वृषभानु कुँवरले सम्बत् १९६८ मा नौ लाख रुपैयाँ खर्च गरी बनाएको यो मन्दिरलाई नौलखा दरबार पनि भनिन्छ । मुगल शैलीमा बनेको यो मन्दिरलाई शीशमहल भन्ने गरिन्छ । मन्दिरको गर्भगृहमा राम र सीताका भव्य मूर्तिहरू छन् । सदैव रामसीताको दर्शन गर्न भीड लाग्ने यो मन्दिरको चारैतर्फ दुई र चार तला गरी महलका बुर्जाहरू बनाइएका छन् । जनकपुरको रामजानकी मन्दिर परिसरको पश्चिमपट्टि सुनयना–जनक मन्दिर छ, जहाँ अंगरागसरबाट झिकाइएका राम, सीता, लक्ष्मण एवं जनक राजपरिवार सहितकै मूर्तिहरू स्थापित छन् । मन्दिरको पश्चिमपट्टि राम–जानकी विवाहमण्डप छ । नेपाली मण्डपशैलीमा बनेको यो मण्डपमा राम–सीताको विवाहमा आएको ऐतिहासिक झाँकी र देवदेवी एवं महर्षि गणको सुन्दर मूर्तिहरू स्थापित गरिएको छ । मण्डप परिसरमा भव्य पुष्प उद्यान रहेको छ ।

जानकीमन्दिर पूर्वतर्फ श्रीराम मन्दिर छ । लक्ष्मी–नारायण ईश्वरका दशै अवतारका मूर्तिहरू, हनुमान मन्दिर, देवी मन्दिर, लक्ष्मण मन्दिर, जनक मन्दिर, दशरथ मन्दिर, संकटमोचन, रत्नसागर क्षेत्र र जनकपुरको पवित्र तलाउ हेर्न लायक छन् । राम मन्दिरदेखि पूर्वपट्टि राम्रा दुई तलाउहरू छन् । यिनलाई धनुषसागर र गंगासागर भनिन्छ । अघि महर्षि वशिष्ठबाट श्राप प्राप्त गरेका राजा निमिका सन्तान थिएनन् । सन्तति नभएका राजाको शरीर मन्थन गर्दा मिथिनामक एक बालक पैदा भए । मिथिनामक बालकको नामबाट त्यो क्षेत्र मिथिला रहने भयो । याज्ञवल्क्य आदि अन्य गुरुहरूले मन्थन गरेको र मृत शरीर मन्थन गर्दाको प्रायश्चितबाट उनीहरू शुद्ध हुनुपर्ने थियो । महर्षि, मुनिलाई ब्रह्माण्डमा रहेका सम्पूर्ण तीर्थ क्षेत्रलाई त्यहाँ आह्वान गरियो । गंगा आदि पुण्य नदीहरू, सम्पूर्ण समुद्रहरू, सारा तीर्थ क्षेत्रको अंशस्वरूप गंगासागरका रूपमा यस क्षेत्रमा आएर रहने भए । यहीं स्नान गरेर ऋषिमुनिहरू आपूm शुद्ध भए । अहिलेसम्म पनि आफ्नो पापको प्रायश्चित गर्न चाहनेहरू त्यहाँ स्नान गर्न जान्छन् । तलाउको वरिपरि घाटहरू छन् । रामजानकी क्षेत्र जनकपुरमा सदैव मेला लाग्नेगर्छ । तर, पनि चैत्र शुक्ल नवमीमा विशेष मेला लाग्छ । ‘श्रीरामजन्मोत्सव’को रूपमा मनाइने रामनवमी पर्वमा यहाँ देशपरदेशबाट दर्शनार्थीहरू भगवान्को दर्शन गर्न आउँछन् । त्यस्तै, वैशाख शुक्लनवमीका दिन जानकीको उदय भएको दिन भक्तजनले विशेष उत्सवका रूपमा मनाउँछन् । भजन, कीर्तन, कथावाचन, गीत नृत्य गरी विशेष रूपमा मनाइन्छ यो पर्व ! यस्तो क्षेत्र हाम्रो भूमिमा हुनु, हाम्रो देशको गौरव हो, त्यसैले त यो देश मुक्ति क्षेत्र हो । आपैंmले आप्mनो महत्व नबुभ्mनु हामै्र कमजोरी त हो ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वहुमत पालिकामा नेतृत्व जिते पनि कांग्रेस समन्वय समितिमा अल्पमतमा