खजुरे ब्रोको मनि मनि सार्वजनिक

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’को नयाँ गीत रिलिज सार्वजनिक गरिएको छ । यो चलचित्रको ‘मनि मनि…’ बोलको र्याप गीत सार्वजनिक गरिएको हो । गीतमा पछिल्लो समयका चर्चित ¥यापर कुशल पोखरेलको आवाज रहेको छ। शब्द पनि गीतमा कुशलकै रहेको छ। गीतमा संगीत भने केपासको रहेको छ ।

गीतमा पैसाको बयान गरिएको छ। बलिउडमा प्रोमोसनका लागी यस्तो शैलीका भिडियोहरु बनाउने र फिल्मको प्रोमोसन गर्ने प्रचलन छ त्यस्तै गरेर चलचित्र ’खजुरे ब्रो’ को प्रोमोसनका लागी यो गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताए । चलचित्र ’खजुरे ब्रो’ अहिले चलिरहेका ट्रेन्ड भन्दा फरक स्वादको रमाइलो फिल्म बनेको र त्यसको प्रचार छुट्टै शैलीले गरौँ भन्ने योजनाका साथ यो भिडियो निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

यता भिडियोमा भने फिल्मकी नायिका नीति शाहलाई पैसा उडाइरहेको देख्न सकिन्छ। उसो त यो चलचित्रका अभिनेता नवीन मानन्धरले पनि भिडियोमा पैसा उडाइरहेका छन्। रेअर राई, विनिता थापा मगर, महेश त्रिपाठी लगायतका कलाकारहरु पनि यो गीतको भिडियोमा रहेका छन् ।

खजुरे ब्रोमा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत,प्रेम सुब्बा,सुजाता राई,दिप चन्द्र राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको यो चलचित्रका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् ।

सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाँकन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् । यस्तै चलचित्रमा अनमोल गुरुङको संगीत रहेको छ। सिनेमालाई रोहित तथा रत्नको आरआर फिल्मसले वितरण गर्दैछ । धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा कमेडी जनरामा चलचित्र बनेको हो । चलचित्रमा खजुरे ब्रोको भूमिका रेअर राईले निर्वाह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन