Friday, April 23, 2021
Home अर्थ दाना नपाउँदा कुखुरालाई घाँस !

दाना नपाउँदा कुखुरालाई घाँस !

,

भजनी । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै हुनुहुन्थ्यो ।

सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले फार्ममा रहेका करिब ५०० कुखुरालाई घाँसको दाना बनाएर खुवाउँदै आउनुभएको छ । चौधरी मात्र होइन, यहाँका अन्य कुखुरा व्यवसायीले पनि उहाँकै सिको गर्न थालेका छन् । चैतेदशैँ र नयाँ वर्ष लक्षित गरी कुखुरा फार्म शुरु गरेका कुखुरापालक किसानले बजारमा दाना नहुँदा घाँस खुवाएर कुखुरा पालिरहेका छन् । ठाकुरले पनि माघ महिनामा ८०० कुखुराका चल्ला फार्ममा हालेको बताउँदै फार्ममा भएका कुखुरा ६० दिनभन्दा बढीको भइसकेको बताउनुभयो ।

४५ दिनभित्र कुखुरा उठाइसक्नुपर्ने भए पनि लकडाउनका कारण हालसम्म ५० कुखुरा बिक्री नभएको उहाँले बताउनुभयो । “साहुसँग कुखुराका लागि दाना मगाउँदा दाना छैन भन्ने प्रतिक्रिया आउँछ । दैनिक कम्तीमा एक क्विन्टल दाना चाहिन्छ”, चौधरीले भन्नुभयो, “हप्तामै एक क्विन्टल दाना पाउन सकिएको छैन, मेहेनतको फल प्राप्त गर्ने बेला हाम्रो बेजोग भयो । आजसम्म बारीमा घाँस भएका कारण बल्लतल्ल घाँस खुवाएर कुखुरालाई बचाएको छु ।” बजारमा दाना पाउन छोडेपछि चौधरीले पाँच केजी दाना, २० केजी घाँस र ५ केजी चामलको भुस मिलाएर कुखुरालाई दिने गरेको बताउनुभयो ।

त्यस्तै, सोही ठाउँका मङ्गल चौधरीका एक हजार कुखुरा फार्ममा छन् । लकडाउनका कारण कुखुरा बजारमा नजाँदा २०० भन्दा बढी कुखुरा मरिसकेको मङ्गलले बताउनुभयो । उहाँले लघुवित्तबाट ऋण लिएर कुखुरा व्यवसाय सञ्चालन गरेको बताउँदै यस्तै अवस्था रहे आफ्नो रु आठ लाख डुब्ने खतरा आएको छ भन्नुभयो । उहाँले प्रत्येक महिना लघुवित्तको किस्ता तिर्नुपर्ने भएको उल्लेख गर्दै लकडाउनका कारण समूह नबसेकाले मात्र आफूलाई केही सहज भएको तर समूह बस्दा पैसा कहाँबाट जोहो गर्ने चिन्ता बढ्दै गएको बताउनुभयो ।

“किस्ता पैसा नतिर्दासम्म समूह उठ्दैन । किस्ता तिर्नलाई पैसा छैन । भएको पैसा कुखुरा फार्ममा खर्च भइसकेको छ”, मङ्गलले भन्नुभयो, “साँझ–बिहान अत्यावश्यक सेवाका लागि खुल्ने पसलजस्तै फ्रेस हाउस पनि खोल्ने भए केही राहत हुन्थ्यो । यस्तै अवस्था रहे रोडमा जानुको विकल्प छैन ।” कुखुरा व्यवसाय गर्दै १८ जनाको परिवार धान्दै आएका जानकी गाउँपालिका–७ का उत्तम चौधरीको बिलौना पनि यस्तै छ । फार्ममा उत्पादन भई बजारका लागि तयार भएको कुखुरा लकडाउनका कारण फार्ममै रहँदा परिवारलाई साँझ–बिहानको जोहो गर्न समस्या हुँदै आएको उहाँले बताउनुभयो । “मसँग ७५० कुखुरा थिए । दुई सय कुखुरा मरे भने एउटा पनि बिक्री गर्न पाएको छैन”, उत्तमले भन्नुभयो, “परिवारको सबै आस भरोसा यही कुखुरा फार्म थियो । अहिले राहत माग्न जाउँ व्यवसाय छ । स्थानीय सरकार दिँदैन । नजाउँ परिवार भोकभोकै मर्ने अवस्थामा पुगिसकेको छ ।”

उहाँले स्थानीय सरकारलाई फ्रेस हाउस दैनिक दुईदेखि चार घण्टासम्म खोल्ने व्यवस्था गरिदिएको भए आफूजस्ता सयौँ कुखुरा व्यवसायीले ठूलो राहत पाउने बताउनुभयो । हाल टीकापुर नगरपालिकाभित्र पाँचा पोल्ट्री सप्लायर्स छन् । सप्लायर्सले आफँै लगानी गरी व्यवसायीलाई कुखुरा पाल्ने व्यवस्था गरेको भए पनि बजारमा मासु खपत नहुँदा समस्या हुँदै आएको नयन पोल्ट्री एण्ड फिड सप्लायर्सका सञ्चालक दिलीप बुढाले बताउनुभयो । उहाँले हालको अवस्थामा नगरपालिकाभित्र रु ६० देखि ७० लाख मूल्य बराबरको कुखुरा तयारी अवस्थामा रहेको तर दैनिक रु एक लाख मूल्य बराबरको कुखुरा पनि बजारमा गएको छैन् भन्नुभयो ।

सप्लायर्सका सञ्चालक बुढाले कुखुराको दानाका लागि कम्पनीले नगदमा मात्र कारोवार गर्न थालेपछि आफूहरुसँग भएको लगानी नउठ्दा दाना आयात गर्न सक्ने अवस्थासमेत नरहेको बताउनुभयो । “कुखुरा व्यवसायीलाई राज्यले केही छुट दिन आवश्यक छ । अहिले पोल्ट्री व्यवसायीहरु दिनप्रतिदिन धरासायी बन्दै आएका छन्”, उहाँले भन्नुभयो, “यही अवस्था रहे पोल्ट्री व्यवसायी रोडमा आउनुपर्ने अवस्था देखिएको छ । कहीँकतैबाट पनि हामीलाई सहज गर्ने बाटो पाइएको छैन ।”

उहाँले तत्काल केही व्यवसायीसँग बारीमा घाँस भएका कारण त्यसलाई दाना बनाएर कुखुरालाई बचाउने काम गर्दै आएको भए पनि त्यो उपाय पनि दीर्घकालीन नहुने र घाँस सबै व्यवसायीसँग नभएको बताउनुभएको छ ।

(Visited 135 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

गजेन्द्र नारायणको सम्झनामा

सप्तरी राजविराज । हालै सम्मपन्न पत्रकार महासंघको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको सम्मान संगै मधेशी अधिकारका लागी संगठित अभियानको नेतृत्व गरेका नेता गजेन्द्र नारायण सिहको सम्झना...

भारतबाट आएका थप ४० जनामा कोरोना देखियो

धनगढी । विश्वमा देखिएको कोरोनाको दोस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढेसँगै मृत्युदर पनि उच्च रहेको छ । पछिल्लो समय नयाँ प्रकृतिको कोरोना देखिएसँगै सुदूरपश्चिममा...

स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर...

ट्रेन्डिङ

काठमाडौं उपत्यकामा एकैदिन ५१ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा...

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

काठमाडौँ । बितेको २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १७ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७६ पुगेको...

सुआरेज मड्रिडमा अनुबन्धित

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिको म्याड्रिडले ३३ वर्षीय सुआरेजलाई...

कोरोना ग्राफ उकालो लाग्दै

काठमाडौं । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जा“दा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र...

अमिर र सुष्माको छामेला गोइलो

काठमाडौं । गीतकार विजय तामाङ र अनु लामाले लेखेको नयाँ गीत ‘छामेला गोइलो...’को भिडियो बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट यो...

इलाममा भोलीबाट कोरोना भाईरस विरुद्धकाे खोप लगाइने

इलाम । इलाममा भोली (बुधबार) बाट कोरोना भाईरस विरुद्घको खोप सञ्चालन हुने भएको छ । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणर्मो चिकित्सक तथा...

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्युु, ३ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । मृत्युु हुनेमा बरहथवा...

सम्पादकीय : देश र जनताका काम प्राथमिकतामा राख

सत्तारूढ नेकपाको अन्तरसंघर्ष आन्तरिक व्यवस्थापनको दिशामा अघि बढिरहेको छ । देशमा कोरोना महामारी बढ्दै गएका बेला सत्तारूढ नेकपाभित्रको अन्तरसंघर्ष पनि कोरोना महामारीभन्दा कम चर्को...

नेकपामा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ण्का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट...

करिब पौने आठ लाखले गरे कोरोना बिमा

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै कोरोना बिमा गर्नेहरूको संख्या बढ्दै गएको छ । बिमा समितिले कोरोना बिमाको मापदण्ड बनाइदिएपछि लकडाउनमा पनि कोरोना बिमाका लागि...

आर्सनलको शतप्रतिशत जित

डब्लिन । इंग्लिस क्लब आर्सनलले युरोपा लिगको समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको छ । बिहीबार राति आयरल्यान्डको डुन्डाल्कलाई ४–२ ले पराजित गर्दै आर्सनलले...

बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ ९(संशोधनसहित) को परिच्छेद...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)