इलाममा एमालेका सुहाङ ३ हजार बढी मतान्तरले अघि, बझाङमा पुन: एमालेकै भण्डारीको अग्रता

इलाम क्षेत्र २ को शनिबार सम्पन्न मतदानको मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्बाङ तीन हजार तीन सय ५७ मतान्तरले अघि छन् ।

फाकफोकथुमका ७, चुलाचुलीका ६ र माङ्सेबुङ गाउँपालिकाका ४ वटा वडाको गणना भइसक्दा नेम्बाङले १० हजार ४ सय १९ मत ल्याएका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ७ हजार ६२ मत आएको छ । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार सात सय ६१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूको अहिलेसम्ममा १ हजार चार सय ५१ मत आएको छ ।

क्षेत्र २ मा ६९ हजार २ सय ८७ मत खसेकामा अहिलेसम्ममा २५ हजार चार सय ५१ मत गणना भइसकेको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ ।

बझाङमा फेरि एमालेका भण्डारीको अग्रता
बझाङ क्षेत्र नं. मा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्राप्त परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमालेका दमन भण्डारीले अग्रता लिएका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा कंग्रेसका उम्मेदवार सिंहले ९ हजार ८८० मत ल्याएका छन् । उनीहरुबीच ९ मतान्तर रहेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ५ सय २६ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार चार सय ७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाँकेमा ७७ जनाले गरे उम्मेदवारी फिर्ता