कविता सुनाएर दर्शक बटुल्दै मनसरा

काठमाडौं । कविको रुपमा परिचय बनाएका निर्देशक उपेन्द्र सुब्बा चलचित्र ‘जारी’को सफलतापछि निर्देशकको रुपमा पनि परिचित छन् । यसै क्रममा उनले आफ्नो दोश्रो चलचित्र ‘मनसरा’ यही २१ बैशाखबाट देशव्यापी रिलिज गर्दैछन् ।

आफु चलचित्रको निर्देशक भए पनि कवि भन्दा बढी आनन्द आउने उपेन्द्रको कथन छ । यहाँसम्मकी उनले आफ्नो चलचित्र मनसराको प्रचार प्रसार पनि कविता कन्सर्टबाटै सम्पन्न गरेका छन् । यो चलचित्रको राष्ट्रव्यापी ‘कविता कन्सर्ट’लाई शनिबार इटहरीमा सम्पन्न भएको छ । समारोहमा सञ्चारकर्मीसँगै इटहरीका विभिन्न कविहरु उपस्थित थिए ।

पोयट आईडलका निर्णायक समेत रहेका उपेन्द्र सुब्बाको कविता सुन्न दर्शकहरु निर्धारित समय भन्दा केही अघि नै कार्यक्रम स्थलमा आईसकेका थिए । जव उनले कविता भन्न थाले । त्यसपछि दर्शकले वाहवाही गर्दै उपेन्द्रलाई तालीले साथ दिए । सो क्रममा आफुले आधा दर्जन कविता सुनाएको निर्देशक उपेन्द्रले बताए ।

कार्यक्रममा यो चलचित्रको अभिनेत्री मिरुना मगरले आमाले रचना गरेका कविता सुनाइन् । यस्तै यो चलचित्रका कलाकारहरु मेनुका प्रधान, प्रवीण खतिवडा र जिवन बरालले कवि सुब्बाका कविता सुनाए । यसरी कविता बाचनपछि कविता कन्सर्टमा बल्ल चलचित्र मनसराको ’boutमा कुराकानी भयो ।

चलचित्र मनसराको टिमले यतिबेला फरक शैली तथा रचनात्मक रुपमा चलचित्रको प्रचार प्रसार गरिरहेको छ । यसै क्रममा आफुहरुले कविता कन्सर्टलाई अघि सारेको पनि निर्देशक उपेन्द्रले बताएका छन्। चलचित्रको टिमले यसअघि पोखरा, बुटवल, बिर्तामोड, उर्लाबारी, दमक, बेलाबारी र धरानमा कविता कन्सर्ट गरिसकेको छ । पूर्वका विभिन्न शहर पछि इटहरीमा शनिबार कविता कन्सर्ट गरेर यो अभियान सम्पन्न गरेको यसका निर्माता शैलेन्द्र ध्वज कार्कीले बताए । कन्सर्ट सकेर मनसरा टिम आईतबार काठमाडौं फर्किएको पनि उनले जानकारी गराए ।

यो चलिचत्रमा दया हाङ, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलगायतको अभिनय रहेको छ । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको मनसराका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ यसका सह–निर्माता हुन् ।

यो चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउन्ड डिजाइन, शैलेन्द्र डी कार्कीको डिओपी रहेको छ । सिजन दाहाल यसका कार्यकारी निर्माता हुन् । यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले नेपालमा वितरण गर्दैछ ।

यसैबीच क्रिकेट खेलाडीको हौसला बढाउन मनसरा टिमले नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार प्रदान गरेको छ । शनिबार नेपाल र वेस्ट इण्डिज’ए’बीच भएको खेलमा नेपालको बिजय हाँसिल ग¥यो यो खेलमा मनसराको टिम खेलाडीको हौसला बढाउन मैदानमा प्रत्यक्ष उपस्थित भएको थियो । खेलमा गुल्सन झाले अन्तिममा लगातार दुई चौका प्रहार गरेर नेपाललाई दुई बल बाँकी छँदै जित दिलाएको भन्दै मनसरा टिमलाई गुल्सनको यो सटका लागि नगद १० हजार रुपैयाँको ‘सट अफ द डे’ प्रदान ग¥यो । उनलाई मनसराका निर्माता शैलेन्द्र ध्वज कार्कीले सो रकम प्रदान गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कलाकारहरू पनि चुनावी मैदानमा, वडाध्यक्षदेखि मेयरसम्मै उम्मेदवारी