बारा । कलैया उपमहागरपालिकाका वडा नम्बर २२ मटिअरीया, वडा नम्बर ७ र २० मा मा बितरण गरिएको चामल, दाल कुहिएको भेटिएको छ । राहत लिएकाहरुले फिर्ता गर्दै वितरण गर्नेलाई कारवाहि गरीपाउँ भन्दै वडा कार्यलय घेराउ गरेका छन् ।
नगरपालिकाका अधिकांश वडा कार्यलयमा प्रति केजी ५६ रुपैयाँ पर्ने जिरा राईसको बोरामा प्रति केजि ३५ रुपैया पर्ने कुहिएको चामल, दाल वितरण गर्दा विवाद उत्पन्न भएको थियो ।
मसिना चामलको बोरामा कुहिएको सारो धानको चामल, दाल किन बितरण गरेको भनी वडा अध्यक्षलाई प्रश्न गर्दा वडाअध्यक्ष लालबाबु यादवले उपमहानगरपालिकाले दिएको खाद्यान्ह वितरण गरेको दावी गरे ।
व्यापारीहरुले किसानसँग सस्तो मुल्यमा किनेर राखेको आलु लकडाउनमा प्रति केजी ३० देखि ३५ रुपैयासम्ममा विक्री गरिरहेको स्थानिय बताउछन ।
आफ्नै कोल्डस्टोरबाट राहत वितरण
कलैया उपमहानगरपालिकाभित्र रहेका २७ वटा वडाहरु मध्ये वडाध्यक्षहरुसँग समन्वय गरेर अधिकांशले आफनै कोल्डस्टोरमा राखिएका आलु, दाल, चामल वितरण गरिरहेको प्रहरीले जनाएको छ ।
चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासन कार्यलयले शनिवार कलैया उपमहानगरपालिका वडा नम्वर ७ स्थित कोल्डस्टोरमा छापा मारी शिलबन्दी गरेका छन । नगरप्रमुख राजेश राय यादवको बुवाको नाममा रहेको कोल्डस्टोर उनले आफै सञ्चालन गर्दै आएका थिए ।
बरामद गरेको दालको नमुना परिक्षण गर्न नमुना खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडामा परिक्षण गर्न पठाईएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले सर्वसाधारणको लागि सस्तो बजार सञ्चालन गरे पनि जनतालाई भ्रममा राखेर खान अयोग्य चामल, दाल वितरण गरेको बताए ।






