Friday, June 18, 2021
Home प्रदेश प्रदेश ७ कोरोना डेडिकेटेड अस्पताल : न आवश्यक भेन्टिलेटर, न पर्याप्त आईसीयू

कोरोना डेडिकेटेड अस्पताल : न आवश्यक भेन्टिलेटर, न पर्याप्त आईसीयू

,

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन र कञ्चनपुरमा एक गरी चार जना कोरोना संक्रमित देखिइसकेका छन् । संक्रमित चारै जनाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले चारै जना बिरामीको अवस्था सामान्य रहेको जनाएको छ ।

सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालमा रूपान्तरण गरेको छ । तर, अस्पतालमा भने समस्या नै समस्यामा बल्झिएको छ । प्रदेशमा कोरोना संक्रमणले गम्भीर रूप लिएको अवस्थामा बिरामी राख्न अस्पतालमा पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर छैनन् । आवश्यकताअनुसारको जनशक्ति पनि छैन ।

हाल सेती प्रादेशिक अस्पतालमा पाँच बेड रहेको सघन उपचार कक्ष (आईसीयू) र एउटा भेन्टिलेटर मात्र छ । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै अस्पतालमा २३ वटा आइसोलेसन वार्ड बनाइएका छन् । अस्पतालका डा. जगदीश जोशीले संक्रमण फैलिएको अवस्थामा यो तयारी पर्याप्त नरहेको बताए ।

उनले भने, ‘अहिलेलाई पर्याप्त भए पनि संक्रमण फैलिएको अवस्थामा भने भेन्टिलेटर, आईसीयू र आइसोलेसन वार्ड थप्नुपर्ने हुन्छ ।’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने, ‘अहिले हामीसँग एउटा मात्रै भेन्टिलेटर छ । अब तत्काल दुइटा किन्ने तयारी भइरहेको छ ।’

सेती प्रादेशिक अस्पतालमा तीन जना कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन रहेका छन् । ११औं तहका ३० जना चिकित्सकको दरबन्दी भए पनि हाल १४ जना मात्रै कार्यरत रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

हाल सेती प्रादेशिक अस्पतालमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ र मेडिकल सुपरिटेन्डेन्टको पद रिक्त छ । बाल रोग विशेषज्ञ हेमराज पाण्डेयले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका छन् ।

‘हामीकहाँ पहिलेदेखि नै चिकित्सकको अभाव थियो । त्यसैमाथि कोरोनाको परीक्षण र उपचार हुँदा थप समस्या परेको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘उपकरण पठाएको सरकारले चिकित्सक नपठाउँदा हामीलाई कठिनाइ भएको छ ।’

गत १४ चैतमा दुबईबाट फर्किएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय युवकमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । युवकमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सकहरू नजिक जान पनि डराए । कारण थियो– पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) अभाव । समयमै सरकारले चिकित्सकलाई आवश्यक सामग्री उपलब्ध नगराउँदा उनीहरू जिम्मेवारीबाट पन्छिनुपरेको थियो । अहिले संघीय सरकारले सामग्री उपलब्ध गराए पनि अझै पर्याप्त नभएको चिकित्सकहरू बताउँछन् ।

प्रदेशमै आवश्यक जनशक्ति र उपकरणको कमी
नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा २८ लाख बढी जनसंख्या रहेको २०६८ सालको जनगणनामा उल्लेख छ । प्रदेशमा कोरोनाको संक्रमण फैलिए आवश्यक भेन्टिलेटर र आईसीयू यहाँस्थित सरकारी तथा निजी अस्पतालमा छैनन् । सुदूरपश्चिममा सरकारी र निजी अस्पतालमा गरी २५ बेड आईसीयू र १० वटा भेन्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशको महाकाली अस्पतालमा चार बेड तथा धनगढीको निजी अस्पताल नवजीवन र माया मेट्रोमा पाँच–पाँच तथा निसर्ग अस्पतालमा ६ बेडको आईसीयू छन् । सेती र महाकाली अस्पताल तथा दार्चुला र डडेल्धुरा जिल्ला अस्पतालमा एक–एक भेन्टिलेटर रहेको मेडिकल अधिकृत भूषण मिश्रले जानकारी दिए । उनले बाँकी ६ वटा भेन्टिलेटर निजी अस्पतालमा रहेको बताए ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले प्रदेशमा २५ वटा आईसीयू र १० वटा भेन्टिलेटर हात्तीको मुखमा जिरा जस्तै भएको बताए ।

‘अहिले नै उपकरण र जनशक्तिको न्यूनतम तयारी नगरे संक्रमण फैलिएको अवस्थामा हुने परिस्थितिको कल्पना पनि गर्न सकिन्न,’ डा. पाण्डेले भने, ‘तर पूर्वतयारी नै भएको देखिँदैन ।’

प्रदेशमा चिकित्सकीय जनशक्ति र औषधि उपकरण तथा सामग्रीको पनि अभाव छ । प्रदेशमा उपचारमा खटिने कन्सल्ट्यान्ट फिजिसियन, क्रिटिकल केयर फिजिसियनको संख्या प्रदेशभरिका सरकारी अस्पतालमा ९ मात्र रहेको छ । त्यस्तै, मेडिकल अफिसर ५९ जना, स्टाफ नर्स १ सय ५२ जना, अनमि ८७ जना र ल्याब टेक्नेसियन ५३ जना रहेका मेडिकल अधिकृत मिश्रले जानकारी दिए ।

प्रदेशको महाकाली अस्पतालमा ११औं तहको मेडिकल सुपरिन्टेन्डेन्ट हुनुपर्नेमा नवौं तहका स्त्रीरोग विशेषज्ञ डा. हरि श्रेष्ठले निमित्त भएर चलाइरहेका छन् । प्रदेशभित्र सञ्चालित १४ सरकारी अस्पतालमा १ सय ३४ जनाको दरबन्दी छ । तर, हाल पदपूर्ति ४१ मात्रै छ । स्थानीय तह र अन्य निकायले वैकल्पिक स्रोतको व्यवस्था गरी ५८ चिकित्सक करारमा राखेका छन् । प्रदेशभित्रका सरकारी अस्पतालमा १ सय २९ स्टाफ नर्सको दरबन्दी छ । तर, ४१ प्रतिशत रिक्त छन् । करारमा ४९ जना स्टाफ नर्स भर्ना गरिएको छ ।

छुट्टै कोरोना उपचार अस्पताल आवश्यक
कोरोना अस्पताल बनाउने निर्णयसँगै सुदूरपश्चिमका हरेक जिल्लाका संक्रमितको उपचार सेती प्रादेशिक अस्पतालमा हुन थालेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरू सन्त्रासमा छन् ।

उनीहरूले सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउदा अन्य बिरामी र स्वास्थ्यकर्मीहरू अत्यन्त जोखिममा पर्ने भएकाले कोरोना बिरामीहरूको उपचार अन्यत्र गर्न आग्रह गरेका छन् । सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमितहरूको उपचारको लागि छुट्टै संरचना र स्थान तोकिने पर्ने प्रतिक्रिया दिइरहेका छन् ।

सेती अस्पतालका चिकित्सक डा. जगदीश जोशीले भने, ‘या त सरकारले कोरोनाको उपचारका लागि अलग्गै अस्पतालको व्यवस्था गर्नुप¥यो, होइन भने सेती अस्पतालमा आउने नियमित र आकस्मिक बिरामीको उपचारको तुरुन्त विकल्प खोज्नुप-यो ।’

सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी कक्ष इन्चार्ज सिनियर अहेव कृष्णबहादुर बोहराले आफ्नो फेसबुक वालमा स्टाट्स लेखे, ‘सेती प्रादेशिक अस्पताललाई डेडिकेटेड कोरोना अस्पतालमा रूपान्तरण गरिएको हो भने नियमित र आकस्मिक बिरामीहरूको उपचारको तुरुन्त विकल्प खोजौं ।’
अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. प्रतीक्षा सिंह राठौरले आफ्नो फेसबुक वालमा प्रश्न गरेकी छन्, ‘कोरोनाको कहरबीच हामी जुध्यौं । सुदूरपश्चिमको एक मात्र रेफरल सेन्टरका रूपमा रहेको सेती प्रादेशिक अस्पताल जुन अब कोरोना अस्पताल बनाउनुपर्छ भन्नेहरूलाई मेरो प्रश्न । कोरोनाको कहर त छँदै छ, तर यी निर्दोष आमालाई बचाउने जिम्मा कसको ?’

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश शाखाका सचिव डा. प्रदीप मिश्रले अन्य बिरामीहरूसँगै संक्रमितहरूको समेत उपचार सुरु गरेपछि सेती प्रादेशिक अस्पतालका बिरामी र स्वास्थ्यकर्मीहरू जोखिममा परेको बताए ।

‘सेती प्रादेशिक अस्पतालमा जति सुविधा र साधन, स्रोतहरू छन्, त्यो अन्यत्र छैन,’ डा. मिश्रले भने, ‘यो सबै स्रोत यहाँ छोडेर अन्य नियमित रूपमा आउने बिरामी, गर्भवती महिलाको उपचार अन्यत्र गर्न सम्भव छैन । त्यसैले कोरोनाको छुट्टै उपचार केन्द्र हुनुपर्छ ।’

अहिले सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचार हुन लागेपछि अन्य बिरामीहरूको चाप घटेको छ । धनगढीमै एक निजी अस्पताल सञ्चालन गरिरहेका सञ्चालकले भने, ‘सेतीमा अन्य बिरामी उपचार गर्न जान मानिरहेका छैनन् । यस्तो बेलामा निजी अस्पतालहरूले पनि सेवा सहज रूपमा दिइरहेका छैनन् ।’

(Visited 245 times, 1 visits today)
Loading comments...

आजको समाचार

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

साताका लोकप्रिय समाचार

तर, वर्तमान उही छ

कविता आज बाँचियो भन्ने खुसीले हरेक साँझ बितेको छ, भोलि शान्ति आउने आशले हरेक रात बितेको छ, नवीन बिहानीको खोजीमा हरेक बिहान बितेको छ तर, तर, वर्तमान उही छ । मान्छेको जमघटदेखि...

२६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

ट्रेन्डिङ

प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला...

अपहरणमा परेको भनिएका सदा घरबाटै पक्राउ

लहान । अपहरणमा परेको भनिएका सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय रामभजन सदा घरबाटै पक्राउ परेका छन् । उनीमाथि सिरहा प्रहरीले...

शिक्षक प्रशासनमा शिक्षक सेवा आयोग

प्राचीनकालमा ऋषिको छनोट गर्दै छोराछोरीलाई शिक्षार्थ पठनपाठनको लागि गुरुकुल आश्रममा पठाइन्थ्यो । गुरुआश्रममा बसेर पढ्ने शिक्षा आर्जन गर्ने कारण विद्यार्थीमा गुरुका आनीबानी परावर्तन हुन्थे...

सामुद्रिक चक्रवात प्रभाव: औसतभन्दा बढी वर्षा

काठमाडौं । अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीमा अर्को चक्रवात ‘यास’ आयो । मौसमविद्ले प्रि–मनसुन अवधि मेमा आएका...

आईजीपी ज्ञवाली र जनअपेक्षा

आईजीपी सर्वेन्द्र खनालको अवकाशपछिको रिक्त स्थानमा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका छन् । साबिकजस्तो आईजीपीको अहिलेको नियुक्ति विवादास्पद बनेन, सम्भाव्य उम्मेदवारबीच पनि खुलेआम अस्वस्थ प्रतिस्पर्धा...

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

स्वाब संकलन कार्य स्थगित गर्न स्वास्थ्य निर्देशनालयको निर्देशन

डडेल्धुरा । सुदुरपश्चिममा भारतका विभिन्न शहरहरुबाट करिब ६० हजारको हाराहारीमा क्वारेनटाइनमा बसिरहेका छन् । निर्माण गरेका क्वारेनटाइनहरुको क्षमता भन्दा बढी व्यक्तिहरु नेपाल प्रवेश गरेपछि...

पर्सामा सुन भण्डार गरिएको ठाउँमा प्रहरीको छापा, साढे २२ किलो सुन बरामद

पर्सा । चाडपर्वको मौका छोपी अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ । अवैध तरिकाले ओसार पसार...

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

  धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार...

संसद ‘पुर्नस्थापना’का पक्षमा कांग्रेसमा दुई धार

काठमाडौं । सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक तथा अलोकतान्त्रिक कदम भनेको नेपाली कांग्रेस भित्र ‘पुर्नस्थापना’ का पक्षमा भने प्रष्ट दुई...

आगामी तीन दिन देशभर वर्षा हुने

काठमाडौँ । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम...

जलविद्युत् क्षेत्रका कम्पनीले दिएनन् लाभांश : पाँच वर्षदेखि लाभांश नदिनेमा २० कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३२ कम्पनीमध्ये २० वटा कम्पनीले विगत ५ वर्षयता कुनै पनि लाभांश दिएका छैनन् । आर्थिक वर्ष २०७१/७२...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)