हेमन्तले फेरि ल्याए जाउँ साईली बेनी बजार…

काठमाडौँ । आफुलाई गायकको रुपमा समेत स्थापित गरेको सारँगीबादक हेमन्त ‘कान्छा’ रसाइलीले यतिबेला आफ्नो स्वरमा नयाँ गीत जाउँ साईली बेनी बजार…दर्शकमाझ ल्याएका छन् ।

त्यसो त यो एक समयको चर्चित गीत हो । गीतलाई दिवँगत लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईले गाएका थिए । उनीहरुको स्वरमा निकै रुचाईएको यो गीतलाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले पुन रेकर्ड गराएका हुन् ।

गीतको शब्द पदम विष्ट र सपना रसाइलीले लेखेका थिए । जसमा संगीत विष्टकै रहेको छ । पुराना गायक तथा संकलकहरुको सम्मानमा गीतलाई पुनः रेकर्ड गरिएको गायक रसाइलीले बताए । संगीतमा केही परिमार्जन गरेको उनको कथन छ ।

हेमन्त र गायिका लोचन भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो । मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतकको भिडियो पनि बनेको छ । भिडियोका निर्देशन सुनिल विकले गरेका हुन् । भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायाँकन रहेको छ । जसमा भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन, समाजवादी समेटिएन