चट्याङबाट दैलेखमा तीन जना विद्यार्थी घाइते

दैलेख । बुधवार चटयाङ लागेर दैलेखमा तीन जना विद्यार्थी घाईते भएका छन् । घाइते हुनेमा नौमुले गाउँपालिका –६ स्थित शिवशक्ति माविका कक्षा ५ का अध्ययनरत अमरबहादुर चन्दको छोरा १० बर्षिय यामबहादुर चन्द,मानबहादुर रावतको छोरा बर्ष ११ को विश्वविकास रावत र कक्षा ७ मा अध्ययनरत पुरन गुरुङकी छोरी १२ बर्षिया लक्ष्मी गुरुङ हुन ।

चटयाङमा परि घाईते भएका तीनै जनाको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।चन्द र गुरुङको शरिरको विभिन्न भाग जलेको छ भने रावतको पेटमा जलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । तीन जनाको अवस्था मध्यम खालको रहेको छ उनले भने ।

अपरान्ह ४ बजे नौमुले गाउँपालिकाको सल्लेरीमा रहेको शिवशक्ति माविमा बिच भागमा चटयाङ परेको थियो । विद्यालयको बिच भागमा चटयाङ पर्दा विद्यालयमा सामान्य क्षति भएको वडाअध्यक्ष लालबहादुर चन्दले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दिनभर छलफल तर जुटेन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो