गायिका ज्ञानु राणालाई दीर्घ साधाना सम्मान

काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

गायिका ज्ञानु राणा दीर्घ साधाना सम्मानबाट सम्मानित भएकी छिन् । काठमाडौंमा आयोजित हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० समारोहमा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले उनलाई सो सम्मान प्रदान गरेका हुन् ।

समारोहमा विभिन्न विधामा अवार्ड प्रदान गरियो । जसमा भजनको अवार्ड ज्ञानेन्द्र गदालले, राष्ट्रिय गीतको अवार्ड गोपालप्रसाद थपलीयाले पाए ।

यस्तै आधुनिक गीतकारको अवार्ड प्रकाश सुवेदी, महिला गीतकार प्रतिमा गुरुङ, संगीतकार महेश्वर पन्तले अवार्ड प्राप्त गरे ।

यस्तै आधुनिक विधामा गजलतर्फ डा. कृष्णहरि बरालले, संगीत संयोजनतर्फ बलराम राजबंशीले, गायकतर्फ हेमन्त शिशिरले, गायिकातर्फ समिक्षा अधिकारीले, युगल गायनतर्फ रमेश पाठक÷रचना रिमालले, भिडियो निर्देशकतर्फ सोनाम पाख्रिनले, पुरुष मोडलतर्फ राज टाइगरले, महिला मोडलतर्फ सरस्वती खत्रीले अवार्ड हाँििसल गरे ।

यस्तै ध्वनी मिश्रणतर्फ कुमार केसी, भिडियो छायांकारतर्फ गंगाराम राईले, सम्पादनतर्फ दिन्शन शाहले, लोकपपमा गायकतर्फ सुरेन गौतमले, नव गायकतर्फ स्याडरोजले, नव गीतकारतर्फ गणेश घिमिरेले, नव मोडलतर्फ एलिना थपलियाले अवार्ड थापे ।

यस्तै लोक तथा दोहोरीतर्फ गायक चेतबहादुर बुढाथोकी, गायिका काव्य आचार्य, गीतकार कृष्ण भारद्वाजले, लयमा मदन नेपालीले, भिडियो निर्देशनमा जनक सिंहले, पुरुष मोडल सागर लम्सालले, महिला मोडल एन जेड शालुले अवार्ड प्राप्त गरे ।

टेलिचलचित्रतर्फ अभिनेत्रीको अवार्ड रश्मि पाण्डेले, शृंगारमा विक्रम गौतमले, कल्चर गीत मोडलिङमा छिरिङ लामाले, लोक तथा दोहोरी मोडलमा सुमी पराजुलीले, आधुनिकमा रोशन श्रेष्ठले, टेलि चलचित्र चरित्र अभिनेत्रीमा सरिता राजोपाध्यायले जुरी अवार्ड प्राप्त गरे । कार्यक्रममा सुरज श्रेष्ठले पब्लिक च्वाईस र सुवाशकुमार मण्डलले इन्करेजमेन्ट अवार्ड पाए ।

अवार्ड संयोजक गीता अधिकारीले नेपाली गीत संगीतको विकाशका लागि चार वर्षदेखि अवार्ड प्रदान गर्दै आएको बताईन् । आयोजक वुमेन्स एरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राईले अवार्डको’bout प्रकाश पारिन् ।

समारोहमा साहित्यकार जीवन शर्मा, खेमनाथ दाहाल, अभिनेत्री रुश्मा राई पनि सम्मानित भए । यस्तै पत्रकार विजयरत्न तुलाधर १० हजार रुपैयाँ सहित पत्रकारिता रजत सम्मान र अर्का पत्रकार शान्तिप्रिय पत्रकारिता विशेष सम्मानबाट सम्मानित भए । यस्तै पत्रकारहरु विनोद देवकोटा किरणप्रसाद अधिकारी, जगदिशप्रसाद अधिकारी, साहित्यकार हरि शर्मा, रमेश दाहाल, उद्यमी मिर्जा राशिद वेग, गायिका शर्मिला तामाङ, सुनिता नेपाली, कस्मेटोलोजिस्ट मन्दिरा खड्का, अभिशेख विक्रम शाहलगायत पनि सम्मानित भए । कार्यक्रमको निर्णायकमा सङ्गीतकार राजु सिंह, संगीत संयोजक शाहस शाक्य, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक महेन्द्रराज वराल र संजिवसिंह राना थिए ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि