धरानका खजुरे ब्रो आजबाट चलचित्रको पर्दामा

काठमाडौं । धरानमा एक समय निकै चर्चित रहेको स्थानीय खजुरे ब्रोको केही समय अघि दिवँगत भएको हो । उनी त्यहाँका रमाईला र हास्य पात्र थिए । उनको जीवन कथाको केही अँश लिएर उनी जस्तै चरित्र निर्माण गरि चलचित्र ‘खजुरे ब्रो’ निर्माण गरिएको छ ।

जीवनमा कसैलाई प्रेम गरेका खजुरे ब्रोको विवाह भएन । यस्तै खजुरे ब्रो चलचित्रमा पनि यी पात्रको प्रेम सम्बन्धको कथा र ब्रिटिस लाहुरमा भर्ती हुन नसकेपछिको बाँकी पीडादायी जीवन सँघर्षलाई समेटिएको छ ।

यो चलचित्रलाई शुक्रबारबाट देशव्यापी चलचित्र घरमा रिलिज भएको छ । आफ्नो चलचित्र मुलुकका ८० भन्दा चलचित्र घरमा शुक्रबारबाट प्रदर्शनमा आएका यसका निर्देशक सुरज सुनुवारले बताएका छन् । प्रदर्शन अघि यो चलचित्रको मँगलबार बेलुका काठमाडौंमा प्रिमियर शो गरिएको थियो । प्रिमियर शोमा चलचित्र खजुरे ब्रोले दर्शकबाट राम्रो प्रतिक्रिया पायो । यसलाई धरानमा प्रिमियर गरिएको र त्यहाँ पनि राम्रो प्रतिक्रिया पाएका यसका लेखक तथा निर्देशक सुरज सुनुवारले बताएका छन् ।

चलचित्र खजुरे ब्रो नै निर्माण गर्नुको कारण’bout सुरजले भने,‘धरानमा खजुरे ब्रोको लोकप्रियता अझै छ र उनलाई मायाँगर्नेहरु धेरै छन् । उनको जीवनकथा एउटा चलचित्रको कथा जस्तै भएकाले पनि दिवँगत खजुरे ब्रोको जीवनको केही कथालाई लिएर हामीले केही फिक्सनाईज गरी यो चलचित्र निर्माण गरेका हौं ।’

मुलुत यो चलचित्रले साथीको सम्बन्ध र पैसाको अभावले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथालाई पनि प्रस्तुत गरिएको छ । चलचित्रले सुरुमा दर्शकलाई निकै हँसाउँछ र अन्त्यमा भावुक बनाउँछ । दम्पत्य वियोग र मित्रता टुटदाको पीडाले दर्शकलाई छुने यसका निर्माता नबिन मानन्धरको कथन छ ।

‘यो चलचित्रको धरानमा बुधबार गरिएको प्रिमियरमा त धेरैजना रुनु भयो । दिवँगत भईसकेका खजुरे ब्रोलाई फेरी जिउँदै पर्दामा देखेको महसुस आफुहरुले गरेको प्रतिक्रिया उहाँहरुले दिनु भयो ।’ निर्माता नविनले भने ।

रेअर राई र नीति शाहको मुख्य भूमिकामा रहेको यो चलचित्रमा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय रहेको छ ।

जसमा खजुरे ब्रोको भूमिका अभिनेता रियर राईले निर्वाह गरेका छन् । आफुले खजुरे ब्रो बन्नको लागि एक महिनामा १२ केजसम्म तौल बढाएको अनुभव यी अभिनेताले सुनाए । अभिनेत्री नीति शाहले पनि डेब्यु चलचित्रमै खजुरेको प्रेमीको भूमिका निर्वाह गर्न पाउँदा खुसी व्यक्त गरेकीछिन् ।

यो चलचित्रको काठमाडौंसँगै दार्जलिङ, धरान र इटहरीमा छायांकन भएको हो । चलचित्रमा धरानको स्थानीय कला तथा मौलिक लवजलाई बिशष रुपमा उतारिएको छ ।

यो चलचित्र दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माताको रुपमा जोडिएका छन् ।

रोहित रत्नको आरआर फिल्मस्ले यो चलिचत्रलाई वितरण गरेको छ । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको खजुरे ब्रोलाई शिशिर विशंखेले खिचेका हुन् । यसमा मित्र डी गुरुङको सम्पादन, अनमोल गुरुङको संगीत समावेश छ ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा