
नेपाल एक धर्मनिरपेक्ष राज्य हो भनेर संविधानमा भनिएको छ । कुनै पनि चिज वा वस्तुप्रति निरपेक्ष हुनु भनेको त्यसप्रति सकारात्मक वा नकारात्मक दुवै भाव नहुनु भनेको हो । त्यस अर्थमा नेपाल राष्ट्र र राज्यको धर्मप्रति कुनै नकारात्मक भाव त छँदै छैन भनिएको हो भने सकारात्मक सोच वा भाव पनि छैन भनेको हो । अर्को शब्दमा भन्ने हो भने कुनै खाले भावना नै छैन भनेको भनेर बुझ्नुपर्ने हुन्छ । यहाँनेर धर्म शब्दको अर्थ बुझ्ने प्रयास गर्नु ठीक होला । धर्म शब्दको प्रयोग विभिन्न तरिकाले भएको पाइन्छ । मानिसहरू पत्रकारिताको धर्मका ’boutमा प्रवचन दिइरहेका हुन्छन् । अनि, विद्यार्थीको धर्म, पत्नीको धर्म, पतिको धर्म, पिताको धर्म, राजनेताको धर्म र शिक्षकको धर्म ! सबैको धर्म हुँदो रहेछ । अर्थात्, सबै सम्बन्ध, नाता र पेसाको पनि धर्म हुँदो रहेछ । समाजको धर्म हुन्छ ? सायद होला ! त्यसो भए के हो त धर्म ?
एक व्यक्ति, जिम्मेवारीसम्बन्धी, समाजका सदस्य वा समूहको धर्म हुन्छ र सायद तत्तत् भूमिकामा स्वीकार्य संहिता नै धर्म हो । अर्को शब्दमा भन्ने हो भने गलत र सहिको सीमा कोर्ने मापदण्ड नै धर्म हो । एक नागरिकका नाताले प्रत्येक व्यक्तिको समाज वा राष्ट्रप्रति निश्चित दायित्व परिभाषित गरिएको हुन्छ र त्यो नै राष्ट्रप्रतिको धर्म हो । त्यस्तै, राज्यको नागरिकप्रति पनि धर्म हुन्छ र त्यसलाई राज्यधर्म भनिन्छ कि ? अनि शासकको पनि अधिकारसँगै जोडिएर आउने दायित्व एवं कर्तव्यलाई राजधर्म भनिने हो कि ? आचरणका हिसाबले ठीक र बेठीक अनि सही र गलतको मापनयन्त्र नै धर्म हो । त्यसो हो भने राष्ट्र, राज्य वा नागरिक धर्मप्रति निरपेक्ष कसरी हुन सक्छ ? धर्मप्रति निरपेक्ष हुनु भनेको त सही र गलत अनि असल र खराब आचरणप्रति निरपेक्ष रहनु भनेको भएन र ? के त्यस्तो सम्भव छ ?
हाम्रो संविधानको धारा ४(१) ले नेपाललाई धर्मनिरपेक्ष राज्य भनेको छ । धाराको स्पष्टीकरणमा ‘यस धाराको प्रयोजनका लागि धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको छ । बुझिनसक्नु कुरो के हो भने धर्मप्रति निरपेक्ष अर्थात् राम्रो वा खराब दुवै भावना नराख्नेले धर्म, संस्कृतिको संरक्षण कसरी गर्न सक्छ ? केही वस्तुको संरक्षण गर्न त त्यसप्रति लगाव हुनुपरेन र ? अब सनातन संस्कृतिप्रति विशेष लगाव व्यक्त गरिएको हो भने निरपेक्षता त रहेन ! संविधान जारी भएका बेला नै यो अनौठो स्पष्टीकरणका ’boutमा अत्यन्तै रमाइला टिप्पणी भएका थिए । म धेरै भन्न चाहन्नँ । फगत यति भन्छु– सुत्नु भन्नाले होशपूर्वक दौडिरहेको अवस्था हो भन्ने बुझ्नुपर्छ भन्नु र धर्मनिरपेक्ष भन्नाले सनातन संस्कृतिको संरक्षण हुन्छ भन्नु उस्तै हो ! शब्दार्थ र भाषाको यसभन्दा हाँस्यास्पद दुरुपयोग के होला र !
कसैको आस्था, पूजा, आराधना पद्धति, चाडाबाड, रहनसहन वा रीत परम्पराप्रति राज्यले कुनै आग्रह पूर्वाग्रह वा दुराग्रह नराख्नु भनेको बेग्लै विषय हो । कुनै एक व्यक्तिको पनि यी कुरा नितान्त व्यक्तिगत स्वतन्त्रताभित्र पर्ने विषय हुन् । कसैले कुनै भगवान्, मूर्ति, रूख, झारपात, पत्थर वा जीव जन्तुलाई आराध्य अथवा पुजनीय मान्छ वा मान्दैन भने त्यसमा राज्यले हस्तक्षेप गर्न पाउँदैन । बालविवाह, बहुविवाह, सतिप्रथा, नरबली र दासप्रथाजस्ता प्रचलनलाई पनि कुनै कालमा धार्मिक जामा पहि¥याइएको थियो र त्यस्ता कुप्रथाहरूसमेत प्रचलनमा थिए ।
नेपाल राष्ट्रको कुरा गर्ने हो भने यो मुलुकको सनातन बहुल राष्ट्र हो । मैले यहाँ हिन्दू नभनी सनातन शब्द प्रयोग गर्दै छु । सनातन भन्नाले ॐकार मान्ने सम्पूर्ण सम्प्रदाय पर्छन् । संविधानमा लेखे पनि वा नलेखे पनि व्यवहारले र संस्कारले नै नेपाल सनातन बहुल पंथनिरपेक्ष राष्ट्र हो
समाज विकासका क्रममा यस्ता कुप्रथाहरू हट्दै गए र आज राज्यको दण्डाधिकारको क्षेत्रभित्र पर्छ । यसरी राज्यले विधिपूर्वक आफ्नो दण्डाधिकारको क्षेत्रभित्र परिभाषित गरेका विषयहरू भविष्यमा अझै थपिँदै पनि जालान् । कतिपय राष्ट्रहरूमा समलिंगी विवाहले कानुनी मान्यता पाइसकेको छ भने कतिपय ठाउँमा अझै स्वीकार्य छैन । कुनै समयमा तत्कालीन संस्कृतिको अंग भए पनि आज आएर कानुनले बर्जित गरेका विषयहरूमा राज्यले हस्तक्षेप गर्ला । अन्यथा आराधना पद्धति र परम्पराका ’boutमा राज्य र शासक निरपेक्ष हुनैपर्छ ।
म हिन्दू धर्म मान्छु वा इस्लाम मान्छु मात्र होइन, हिन्दूभित्र म दुर्गाको मात्र आराधना गर्छु अथवा कसैको पनि पूजा, आराधना गर्दिनँ भन्नु मेरो व्यक्तिगत वा समूहको हक हो । राज्यले यसो गर, यसो नगर भन्न पाउँदैन । के यसैलाई धर्मनिरपेक्षता भनिने हो त ? होइन ! सत्य र असत्य अनि ठीक र खराबबीच अर्थात् धर्मप्रति त कोही पनि निरपेक्ष रहनैसक्दैन । राज्यको ठीक कुराको पक्षमा उभिनु अर्थात् धर्मसापेक्ष रहने दायित्व हो, राज्यधर्म हो । राज्य अधर्मी हुनैसक्दैन । व्यक्ति वा समूहको आराधना पद्धति वा परम्पराप्रति निरपेक्ष रही स्वतन्त्रताको संरक्षण गर्नुचाहिँ पंथनिरपेक्षता हो ।
नेपाल राष्ट्रको कुरा गर्ने हो भने यो मुलुकको सनातन बहुल राष्ट्र हो । मैले यहाँ हिन्दू नभनी सनातन शब्दको प्रयोग गर्दै छु । सनातन भन्नाले ॐकार मान्ने सम्पूर्ण सम्प्रदाय पर्छन् । संविधानमा लेखे पनि वा नलेखे पनि व्यवहारले र संस्कारले नै नेपाल सनातन बहुल पंथनिरपेक्ष राष्ट्र हो । यहाँका झन्डै ९५ प्रतिशत जनता सनातनी भएको तथ्यमा त कसैले पनि बिमति नजनाउला ! सनातनीहरूभित्र असंख्य पंथहरू छन् ।
कैयन् नयाँ पंथहरू थपिँदै गएका पनि छन् । शैव, बौद्ध, वैष्णव, शाक्त, जैन, शिख, किरातजस्ता पंथहरू र हिनयान, महायान र बज्रयानजस्ता बौद्ध मतभित्रको उपमत त छँदै थिए, आर्यसमाजी र साई मतावलम्बीजस्ता तुलनात्मक रूपमा नयाँ पंथहरू पनि विकसित हुँदै गएका छन् ।
सनातनभित्रका यस्ता असंख्य मत र पंथहरूले एकअर्काप्रति सधैं यथेष्ट सम्मान राखे, विद्वेषको सानो रूपसम्म पनि कहिल्यै देखिएन । कैयन् पूजा एवं आराधनास्थलहरूमा फरकफरक मतावलम्बीबीच उदाहरणीय संयोजन र सौहार्दतासमेत देखिन्छ । सनातनले प्राचीनकालमा समेत पुरै नास्तिक विचार राख्ने आजको भाषामा भौतिकवादीलाई समेत विद्वान् ऋषिमुनीको दर्जा दियो र उचित सम्मान नै दियो ।
वास्तवमा गैरसनातनी अर्थात् ॐकार परिवारबाहिरकालाई समेत ‘म्लेक्ष’ वा अन्य नाम दिएर बेग्लै पद्धति भएको बेग्लै ढंगले परमात्माको आराधना गर्ने वर्गका रूपमा स्विकारेर यथोचित सम्मान दिएको भेटिन्छ । नेपालका ‘प्रगतिशील’ एवं ’क्रान्तिकारी’हरूले चिच्याउने गरेको धर्मनिरपेक्षता वास्तवमा पंथनिरपेक्षता पो हो कि ? त्यसो नभई वास्तवमै सत्य र असत्यबीचको विभेदसम्म नगर्ने अथवा धर्म नष्टै गर्ने ‘धर्मनिरपेक्षता’ नै खोजेको हो ?
एकोहोरो ‘राज्यको धर्म हुँदैन’ मात्र भनेको हो र ‘राज्यले धर्ममा हस्तक्षेप गर्दैन’ र धर्मनिरपेक्षता भनेको यही हो भन्ने हो भने चाहिँ केही अत्यन्तै गम्भीर प्रश्न उठाउनुपर्ने हुन्छ । वास्तवमा राज्यले कुनै पनि चर्चमा वा मस्जिदमा हस्तक्षेप वा नियन्त्रण गरेको छैन । ती धार्मिकस्थल सम्बन्धित मतावलम्बीहरूले स्वतन्त्र रूपमा चलाइरहेका छन् ।
हाम्रो दक्षिणी सिमानामा विगत दुई दशकमा कति मस्जिद बने, तिनको निर्माणमा स्रोत र साधन कहाँबाट आयो र कस्ताकस्ता मौमिन मौलाना कहाँकहाँबाट आए ? यसका ’boutमा सरकारले कुनै चासो राखेको छैन । हामी धर्मनिरपेक्ष हौं नि ! पहाडका कुना कन्दरा, अर्धग्रामीण सहर बजार र महानगरपालिकाहरूमा कत्राकत्रा चर्चहरू कसरी कुन स्रोतबाट स्थापना भए ? त्यस’boutमा सरकार वास्तै गर्दैन । किनकि, हामी धर्मनिरपेक्ष हौं । ती कथित धार्मिकस्थलहरूमा के सिकाइन्छ र कस्तो दिमाग उत्पादन गरिन्छ भन्ने कुरो त चियाउन पनि मिलेन । हामी धर्मनिरपेक्ष !
तर, हिन्दू र बौद्ध मठ मन्दिर र गुम्बाहरूचाहिँ धर्मनिरपेक्ष सरकारले नियन्त्रण गरिरहेछ ।
धर्मनिरपेक्षवादीहरूकै परिभाषा मुताविकको धर्मनिरपेक्ष राज्यले पशुपतिनाथ, बौद्धनाथ र लुम्बिनीमा हस्तक्षेप गर्न मिल्छ ? पशुपति विकास कोष र लुम्बिनी विकास कोष आदि इत्यादि भनेका के हुन् ?
काठमाडौं उपत्यकाका तीनै दरबार क्षेत्रमा अवस्थित तलेजु भवानी मन्दिरहरू, कुमारीघर र तमाम मन्दिरहरू मात्र होइन मुलुकका महत्वपूर्ण मठ मन्दिर एवं गुम्बाहरू गुठी संस्थान वा कुनै समितिका नाममा सरकारको पूर्ण नियन्त्रणमा छैनन् र ? के यी सबै देवस्थलहरू सम्बन्धित मतावलम्बी वा सम्प्रदायलाई स्वतन्त्र अधिकार दिएर सुम्पनुपर्ने होइन ?
यहाँनेर संविधानको धारा ४(१) को स्पष्टीकरण अर्थात् ‘सनातन संस्कृतिको संरक्षण’ काम आउला ! सनातन संस्कृतिको संरक्षणका लागि संविधानअनुसार नै सनातनी मठ मन्दिर एवं गुम्बाहरूमा सरकारी नियन्त्रण रहेको भनियो भने आश्चर्य मान्नुपर्दैन । सनातनीलाई संरक्षणका नाममा नियन्त्रण र गैरसनातनीलाई धार्मिक स्वतन्त्रताका नाममा स्वेच्छाचारिता ! हामी धर्मनिरपेक्ष हौं !






