प्रकाश सपुत जोडिए ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौं । अभिनेता प्रकाश सपुत यतिबेला आफ्नै लगानी र निर्देशनमा नायकको रुपमा नयाँ चलचित्र ‘बसन्त’ को तयारी गरिरहेका छन् । यसै क्रममा उनी फेरी अर्को चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि अनुबन्धित भएका छन् । पूर्ण बहादुरको सारङ्गी गायक प्रकाश सपुत शिर्ष भूमिकामा प्रस्तुत हुँदैछन् ।

सारँगी बजाएर जीवन निर्वाह गर्ने युवाको भूमिकामा उनी प्रस्तुत हुने भएका छन् । यो चलचित्रलाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो । सेभेन सिज इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको छ ।

यो चलचित्रमा प्रकाश सपूतसँगै मुकुन भुसाल, विनोद न्यौपाने, भोला राज सापकोटा र देशभक्त खनाल अनुबन्धित भएका छन् । यो चलचित्रमा यी कलाकारहरुको भूमिकाको ’boutमा अहिले खुलाईएको छैन ।

सोसल–ड्रामा निर्माण हुने यो चलचित्र मौलिक कथामा निर्माण हुने आयोजक पक्षको कथन छ । यो चलचित्रको लेखक तथा निर्देशक सरोज पौडेल हुन् ।

अर्को साताबाट यो चलचित्रको छायाँकन सुरु हुँदैछ । चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुने यो चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादी जीत नजिक