नवदुर्गा गाउँपालिकाको प्रशासनिक भवन निर्माण २ वर्षदेखि अलपत्र

दुई वर्ष देखि अलपत्र रहेको नवदुर्गा गाउँपालिकाको प्रशासनिक भवन । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाको प्रशासकिय भवन निर्माणको काम तीन वर्ष देखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७९–२०७९ को असारमा सम्पन्न गर्ने गरि ६ करोड कुल लागतमा ठेक्का भएको भवन निर्माणको काम अलपत्र परेको हो । ठेकेदारको लापर्वाहीका कारण भवन निर्माणको काम सम्पन्न नभएको नवदुर्गा गाउँपालिकाका सुचना अधिकारी करुणाकर भट्टले बताए ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागतमा प्रशासनिक भवन निर्माणका लागि आर्थिक वर्ष २०७६–२०७७ मा ठेक्का सम्झौत भएको थियो । निर्माण कम्पनी स्वर्गाद्धारी ड्रागन जेभी कन्ट्रक्सनसंग चार करोड ७४ लाख रुपियाँ बराबरमा भवन निर्माणको ठेक्का भएको उनले जानकारी दिए । निर्माण कम्पाी एक जना डडेल्धुराका स्थानीयलाई प्रतिनिधि खटाई काम गरेको थियो । तर भवन निर्माणको काम भने हाल सम्म सम्पन्न हुन नसकेको उनलले बताए ।

निर्माण व्यवसायीले अलि अलि काम गर्दै भुक्तनी लिदै जाने गरेका कारण भवन निर्माणको काम अहिले सम्म अधुरै रहेको उनको भनाई छ । पटक पटक म्याद थप गरेर सम्पन्न गरिसक्नु पर्ने तोकिएको समय भन्दा पनि दुई वर्ष पुगेको उनले बताए । भवन निर्माणको करिब ८० प्रतिशत काम सकिएपनि २० प्रतिशत बाँकी रहेको हुनसक्ने उनले बताए ।

चार तला र ३० कोठा रहने भवनमा झ्याल, ढोका, शौचालय, विद्युत जडानका काम बाँकी रहेका छन । उनले भने, ठेकेदारलाई घचघच्याउदा थोरै कामदार ल्याएर केही काम गर्छन । भएको कामको भुक्तानी लिएर फेरी हराछन । निमार्ण कामको अझै म्याद थप गर्नु पर्ने देखिएको छ । अबको कार्यापालिका बैठकले म्याद थप गर्छ वा कार्वाही गर्छ । त्यस पछि मात्रै थाहा हुने उनको भनाई छ ।

नवदुर्गा गाउँपालिकाले प्रशासनिक काम हाल अस्थाई घरबाट गर्दै आईरहेको छ । वडा नं. २ को बकालमा आफ्नै जमिनमा अस्थाई भवन बनाई पालिकाले सेवा प्रवाह गर्दै आईरहेको छ । आफ्नै नाममा जग्गा प्राप्त गरेपछि गाउँपालिका प्रशासनिक भवन निर्माण्का लागि टेण्डर गरिएको थियो । पाँच कोठामा अस्थाई रुपमा कार्यालय राखेर प्रशासनकि काम गर्दा कठिनाई हुने गरेको उनले बताए । सेवा ग्राहीको भिड लाग्दा बाहिर घाम, पानीमा कुराउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि