१० करोडमा पोखरामा रोटरी किड्नी केयर सेन्टर बन्दै

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा–७, मुस्ताङचोकमा रोटरी किड्नी केयर सेन्टर निर्माण सुरु गरेको छ ।

किड्नी रोगका बिरामीले नियमित डायलाइसिस गर्दा पालो कुनुपर्ने बाध्यता विद्यमान रहँदा रोटरी क्लबले झण्डै १० करोड रुपैयाँ लागतमा सेन्टर निर्माण सुरु गरेको हो ।

सेन्टर भवनको शिलान्यास आइतबार गण्डकी प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री किरण गुरुङले गरे । उनले सेन्टर स्थापनामा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले हालसम्म ६५ वटा मेसिन वितरण गरिसकिएको र आफ्नो कार्यकालमा १ सय ५० वटा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

रोटरी इन्टरेशनल प्रेसिडेन्ट रिप्रिजेन्टेटिभ आन ब्रिट अस्वेलले पोखरा सुन्दर सहरको उल्लेख गर्दै यहाँ बन्ने सेन्टरको सफलताको शुभकामना दिइन् ।

कार्यक्रममा प्रदेश सांसद राजीव पहारी, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वडा ७ अध्यक्ष रामचन्द्र बराल लगायत बोलेका थिए ।

रोटरी क्लब अफ पोखरा लेकसाइड अध्यक्ष घराना थकालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका प्रेसिडेन्ट इलेक्ट अर्जुन खनालले गरेका थिए । समारोहमा रोटरीका पास्ट गभर्नर चिन्तामणि भट्टराई, योगेन्द्र प्रधान, तीर्थमान शाक्य लगायत थाइल्याण्ड र जापानका रोटरियनको पनि उपस्थिति थियो ।

सुरुवातमा १० मेसिन राखेर निर्माण हुने सो सेन्टरको लागत प्रारम्भमा २ करोड ७८ लाख रुपैयाँ लाग्नेछ । पछि तीनतले आरसिसि बिल्डिङमा थप २० मेसिन संचालन गर्दा ६ करोड ८७ लाख सहित कुल ९ करोड ६५ लाख रुपैयाँ खर्च हुने निर्माण समिति संयोजक राजेन्द्र लिगलले जानकारी दिए ।

डायलायसिस मेसिन रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानले सहयोग गर्ने छ । सेन्टरको प्रारम्भिक संरचना चालु आर्थिक वर्षभित्र सक्ने योजना छ ।

पोखरा उपत्यका नगर विकास समितिले दिएको ३ रोपनी ४ आना जग्गामा निर्माण हुने सेन्टरले वार्षिक ३ लाख ९० हजार भाडा बुझाउपर्ने सम्झौता रहेको निर्माण समिति संयोजक लिगलले जानकारी दिए ।

तीन वर्षअघि स्थापित रोटरी क्लब अफ पोखरा लेकसाइडले यसअघि रेडक्रस कास्कीलाई एम्बुलेन्स सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर बन्न २३ जनाको मनोनयन