कसरी पु-याउने १६ लाख पर्यटक ?

चालू आर्थिक वर्ष (२०८१–०८२) को बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आव (२०८१–०८२) मा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको उल्लेख गरेका छन् । नेपाल सरकारको सो लक्ष्य पूरा होला त ? शंकाको नजरले हेर्नुपर्ने हुन्छ । ’cause, चालू आव (१६ चैत २०८० देखि १५ जेठ २०८१ सम्मको दुई महिनाको अवधिमा नेपाल भ्रमण गर्नका लागि दुई लाख विदेशी पर्यटकको आगमन भएको मान्ने नै हो भने पनि २०८१ सालको बाँकी १० महिनामा १४ लाख विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउलान् त ? हो, यो प्रश्नचाहिँ मुख्य प्रश्नका रूपमा रहेको छ ।

हुन त बजेट भाषणलगत्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष २०८१ सालमा १६ लाख विदेशी पर्यटक भित्र्याउनका लागि सरकारले काम गरिरहेको बताएका छन् । यसरी बजेट भाषणमै चालू आव २०८१–०८२ मा १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको भए तापनि सरकारले केकस्तो काम गरिरहेको छ त ? के सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय हवाई सेवा थप्न लागेको छ ? मानौं, नेपाल सरकारले कुनै त्यस्तो जादुमयी काम गर्न आँटेको छ, जुन कामका कारण अबको १० महिनामा सजिलै १४ लाख हाराहारी विदेशी पर्यटक नेपाल भ्रमणमा आउनेछन् । तर, नेपाल सरकारले पक्कै पनि त्यस्तो काम गरिरहेको त होइन होला र छैन होला पनि ! तर पनि नेपाल सरकारले आव २०८१–०८२ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने सो लक्ष्य पूरा गर्नका लागि के गर्दा सफल होला त ? यस विषयमा गम्भीर बहस र छलफल हुनु जरुरी छ ।

सन् २०२४ मा १२ लाख ८७ हजारदेखि १२ लाख ९५ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आउने अनुमान गर्न सकिन्छ

खासमा हालकै अवस्थामा विदेशी पर्यटकको नेपाल आगमन दरले १६ लाख पुग्न अलि असम्भव नै रहेको छ । ’cause, १६ लाखको सो लक्ष्य पूरा गर्न पनि हरेक महिना लगभग १ लाख ३५ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आउनुपर्ने हुन्छ, जुन तत्कालै कुनै आधारबिना सम्भव नै हुँदैन । कसरी चाहिँ नेपाल सरकारले आव २०८१–०८२ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भनी गरेको घोषणा लक्ष्य पूरा हुन्छ त ? सो लक्ष्य पूरा गर्नका लागि के गर्नु पर्ला त ?

हुन त हालसम्म अर्थात् सन् २०२४ को पाँच महिनामा ५ लाख ६ हजार चानचुन विदेशी पर्यटक नेपाल भ्रमण गर्न आइसकेका छन् । यसरी तथ्यांक हेर्दाखेरि सन् २०२४ मा १२ लाख ८७ हजारदेखि १२ लाख ९५ हजारसम्म विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउने अनुमान गर्न सकिन्छ । होइन अलि बढी नै विदेशी पर्यटक सन् २०२४ मा नेपाल भ्रमण गर्न आएछन् भने पनि बढीबन्दा बढी १३ लाखमाथि पुग्लान् । सो कुरोको संकेत प्रस्टैसँग देखिन्छ पनि । जस्तो कि सन् २०२४ को पाँच महिनामा जम्मा ५ लाख ६ हजार २ सय ८० विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । नेपालमा हरेक महिनाको तथ्यांक हेर्दाखेरि सन् २०२४ को पहिलो महिना अर्थात् जनवरी महिनामा ७९ हजार १ सय जना, फेब्रुअरी महिनामा ९७ हजार ४ सय २६ जना, मार्च महिनामा १ लाख २८ हजार १ सय ६७ जना एवं अप्रिल महिनामा १ लाख ११ हजार ३ सय ७६ जना र मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरिसकेका छन् । माथिको तथ्यांंकलाई समग्रमा गणना गर्दा हरेक महिनामा १ लाख ६ हजारको हाराहारीमा पर्यटक भित्रिएको देखिन्छ ।

ईयूले नेपाली हवाईजहाजमाथिको हवाई प्रतिबन्ध ‘कालोसूची’ राजनीतिलाई कायमै राख्ने घोषणा दोहो-याएको छ

यसरी हेर्दाखेरि पाँच महिनामै आशा गरेभन्दा पनि बढी गतिमा छलाङ मारेको देखिन्छ, नेपाली पर्यटनले । यही गतिमा नेपाली पर्यटनले छलाङ मारेदेखि सन् २०२४ मा १२ लाख ८७ हजारदेखि १२ लाख ९५ हजारसम्म विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउने अनुमान गर्न सकिन्छ । होइन अलि बढी नै विदेशी पर्यटकहरू सन् २०२४ मा नेपाल भ्रमण १३ लाख २० हजारको हाराहारी विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आउने देखिन्छ । भलै नेपाल सरकारमा रहेका माननीय मन्त्रीहरू र केही कर्मचारीले चाहिँ सन् २०२४ मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने वास्तविक धरातलभन्दा बाहिरको भनाइ राख्ने गर्थे, जुन भनाइ राख्नु अनौठो पनि भएन ।

हुन त आजभोलि नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै मुलुकमा पर्यटकीय गतिविधि बढेको अवस्था छ । पर्यटकीय गतिविधिहरू चलायमान रहेको छ भन्न सकिन्छ । हुन पनि हाम्रो मुलुक नेपाल ‘मास टुरिस्ट’को प्रमुख गन्तव्यकै रूपमा विकसित हुँदै गइरहेको देखिन्छ । खासमा नेपाल सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्नका लागि अन्तर्राष्ट्रिय हवाई उडान थप्नसके वार्षिक रूपमा १२–१३ लाख मात्रै होइन, १६ लाख मात्रै पनि होइन, १८ देखि १९ लाखसम्म पर्यटक पुग्नसक्ने सम्भावना देखिन्छ । तर, तत्कालचाहिँ त्यो सम्भावना देखिँदैन । ’cause, बाह्य मुलुकसँग हवाई यातायातको विस्तार नभइ नेपालमा विदेशी पर्यटकको संख्या धीमा गतिमै रहिरहने देखिन्छ । अझ ईयूले सन् २०१३ देखि गर्दै आएको नेपाली हवाईजहाजमाथिको (हवाई उडानसम्बन्धी) कालोसूची अर्थात् ‘ब्ल्याक लिस्ट’को राजनीतिलाई पनि अभैm कायमै राख्ने घोषणा भर्खरै गरेको छ ।

हुन त आजभोलि नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै मुलुकमा पर्यटकीय गतिविधि बढेको अवस्था छ, पर्यटकीय गतिविधिहरू चलायमान रहेको छ भन्न सकिन्छ । त्यसो भए तापनि सरकारले तुरुन्तै अन्य मुलुकहरूसँग समन्य गरेर हवाई उडान बढाउन र विस्तार गर्न नसकेसम्म नेपालमा वार्षिक रूपमा १२ देखि १३ लाखभन्दा बढी विदेशी पर्यटकहरू आउने सम्भावना देखिँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै