भारतबाट फर्केका रौतहटका १९ वर्षीय युवकमा कोरोना संक्रमण


रौतहट । रौतहटका एकजना १९ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको छ । रौतहटको इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । मुस्लीम समुदायका युवक कोरोना भाइरस संक्रमित भएको भेटिएको हो ।

इशनाथ नगरपालिका वाड नंं ५ मोतिपुर निवासी १९ बर्षिय ति युवक १६ दिन अघि दिल्लीबाट आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले जानकारी दिएका छन । १६ दिन देखी उनी इशनाथ नगरपालिकाको औरैया क्वारेनटाइनमा बस्दै आएका थिए ।

क्वारेन्टाइनमा राखिएका ती युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

ति युवकको घरमा बुबा, आमा,श्रीमती,२ भाइ र १ बहिनी रहेकी छिन । श्रीमती भने माइत बसेकी छिन । ति युबकलाइ कोरोना संक्रमण पाइएपछि अहिले इशनाथ क्वारेन्टाइनबाट उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल बीरगंज लाने तयारी भएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन ।

यता जिल्लाको चन्द्रपुर नगरपालिकाको क्वारेनटाइनबाट ३२ जना अवधि पूरा भएर आफ्नो घर फर्किएका छन् । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ मा अवस्थित स्वर्गीय शेर बहादुर दर्लामी स्मृति खेल मैदानको एन्फामहिला एकेडेमीको भवनमा रहेको क्वारेनटाइन बसेको १४ दिनको अवधि पूरा भइसकेकाले उनीहरु क्वारेनटाइबाट घर फर्किएका हुन् । सो क्वारेनटाइनमा बसेको अवधि १४ दिन पूरा भएको र स्वाव परिक्षणको रिर्पोट कोरोना नेगेटिभ आएकालाई घर फर्काइएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख चेतराज बरालले जानकारी दिएका छन ।

जिल्लामा हालसम्म १९ महिला सहित २ सय ४२ जनाविभिन्न स्थानियनिकायले संचालन गरेका क्वारेनटाइनमा बस्दै आइरहेका छन् । जसमध्ये १ सय १७ जनाको स्वाव संकलन गरेर परिक्षणको लागि पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत किरणनिधी तिवारीले जानकारी दिए । स्थानियतहसँग सहकार्य गरेर स्वाव परिक्षणको रिर्पोट आइसकेपछि कोरोना नेगेटिभ देखिएका र अवधिपुगेकालाई घर फर्काउने र कोराना पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने तयारी गरेको उनले बताए । जिल्लामा हालसम्म २५ वटा आइसोलेसन वेड र ६ सय ५१ वटा व्यक्तिगत सुरक्षायन्त्र (पिपिइ) रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ