सिम्रौनगढ नगपालिका कलैयाबाट सञ्चालन भएपछि सर्वसधारणलाई सास्ती

कलैया । बाराको सिम्रौनगढ नगरपालिका कलैयाबाट सञ्चालन हुने गरेको छ । सरकारले गाउँ गाउँमा सिंहदरबार र सर्वसधारणलाई सेवा दिने उदेश्यले पालिकाबाटै बिभिन्न सेवा उपलब्ध गराउँ खोजे पनि सिम्रौनगढबासी दुख पाइरहेका छन् ।

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद कलवार र निमित प्रमुख प्रशासकीय अधिकृत जयनारायण यादव सिम्रौनगढ नगरपालिकाबाट दिनुपर्ने सेवा कलैयाबाट दिने गरेका छन् । कुनै प्रकारको सिफारिस वा अन्य कुनै काम पर्यो भने सिम्रौनगढका सर्वसधारण कलैया आउँनुपर्ने बाध्यता रहेको छ ।

कलैयाबाट कार्यालय सञ्चालन भएपछि त्यहाँ रहेको नगर अस्पताल समेत अस्तव्यस्त भएको छ । पहिला २४ घण्टा सेवा उपलब्ध हुने सिम्रौनगढ नगर अस्पताल अहिले दिउसो मात्रै सञ्चालन हुने गरेको छ । मेयर कलवार र निमित प्रशासकीय अधिकृत यादवले नगर अस्पताल नियमित र २४ घण्टा सञ्चालन गर्न असफल भएका छन् । सोही कारण नगर अस्पतालमा दिनहुँ आउने बिरामीको संख्या समेत घटेको बताइएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान