दलाल दलतन्त्रको अन्त्य नभएसम्म सुशासन सम्भव छैन् : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)ले भोली (२ असार) देखी काठमाडौंमा छुटाछुटै माग सहितका दुईटा संघर्षका कार्यक्रम एकैसाथ सुरु गर्दैछ ।

आजपा निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन भोली (आईतवार) देखी काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गर्दैछ । उता आजपाले कबाड व्यवसायीहरुको शान्ति, सुरक्षा, समृद्धि र सम्मानका लागि भोली देखी नै काठमाडौंको माईतिघर मण्डलामा धर्ना एवं प्रदर्शन कार्यक्रम गर्दैछ ।

यसैबीच आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकले दुवै आन्दोलनलाई सफल बनाउँने निर्णय गरेको छ । उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विशेष सहभागिता रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दलाल दलतन्त्रको अन्त्य नभएसम्म भ्रष्टाचार, कुशासन एवं अनियमितताको अन्त्य नहुने भएकाले आन्दोलनका कार्यक्रम गर्नुपरेको बताए । छुटाछुटै माग सहित हुने दुवै आन्दोलनलाई सफल बनाउँन सबै एकजुट भएर लाग्नुपर्ने निर्देशन उनले दिए ।

यस अघि पनि आजपा निकटको आम सम्पर्क मञ्चले बिभिन्न माग गर्दै काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग महिनौं दिनसम्म घेराउ तथा धर्ना दिएको थियो । भन्सार विभाग र आन्दोलनरत पक्षका बीचमा सहमती भएपछि सो आन्दोलनका कार्यक्रम स्थगित भएको थियो ।

आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नमाग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।

उता कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि भोलीदेखी नै माईतिघर मण्डलामा शान्तिपुर्ण धर्ना एवं प्रदर्शन गर्दैछ । पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन (बालेन्द) शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको कबाड व्यवसायीहरुले जनाएका छन् । माईतिघरमा धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम बनाएका कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन