वैधानिकतावारे चर्चाकै बीच गाँजासहित युवा पक्राऊ

वीरगन्ज । गाँजालाई वैधानिकता दिने चर्चा चलिरहेकै समयमा पर्सामा २२ केजी ४ सय ९० ग्राम लागु औषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ परेका युवा पर्साको पटेर्वासुगौली गाउँपालिका–४, भथौडाका २३ बर्षीय अमित कुमार चौधरी रहेका हुन् ।

आफ्नै गोठमा लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधकारमा पर्सा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले खानतलासी गरी दशी सहित अभियुक्त चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राऊ परेका चौधरीले लुकाई राखेको गाँजा ७ वटा पोकामा भेटिएको र त्यसको तौल २२ केजी ४ सय ९० ग्राम रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक भारतीले बताए । लागु औषध गाँजा सहित पक्राउ परेका अभियुक्तलाई लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान र कार्वाही प्रकृया अगाडी बढाइएको उनको भनाइ छ ।

चौधरी पक्राउ पर्नु ३० घण्टा अगाडी पनि पर्सा प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ बसपार्क स्थित सडकखण्डबाट खैरो हिरोइन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका ती अभियुक्त भारतको बिहार राज्य मोतिहारी जिल्ला पोष्ट आदापुर ग्राम लालछपरा बस्ने बर्ष ३० का मोहमद निजामुद्दिन सिद्दिकी रहेको पर्साका प्रहरी नायव उपरिक्षक भारतीले बताए । अभियुक्त सिद्दिकीले लिएर आएको भारतीय नम्बर बीआर ०५ एवाई १३४६ को चारपाँग्रे टाटा टाइगो गाडीको चालक छेउको सिट कभरको खल्तीमा सो खैरो हिरोइन लुकाई लिएर नेपाल आएको खुलेको प्रहरीको भनाइ छ ।

सो खैरो हिरोइन जस्तो देखिने पदार्थ १ सय २ ग्राम रहेको प्रहरी नायव उपरिक्षक भारतीको भनाई छ । सामान फेला परेपछि आफै गाडी चलाएर नेपाल छिरेका सिद्दिकीलाई सो गाडी र लागु पदार्थ सहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । अभियुक्त सिद्दिकीलाई पनि लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान र कार्वाही प्रकृया अगाडी बढाइको पर्सा प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा सीमा उपारबाट तयारी अवस्थाको र तत्काल प्रयोग गर्न मिल्लेन लागु औषध लिएर नेपाल आउने युवाहरुको संख्या बढिरहेको प्रहरीको तथ्याँकले देखाएको छ । नेपालका मात्र नभई भारतीय युवाहरु पनि लागु औषध प्रयोग र कारोबारमा संलग्न हुनेको संख्या दैनिक जसो बढ्नु पक्राउ परेका व्यक्तिको तथ्याँकले देखाएको प्रहरीको तर्क छ ।

सिमावर्ती जिल्ला पर्सामा लागु औषध सम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिहरुको तथ्याँक हेर्ने हो भने नेपाली र भारतीयहरु झण्डै ५०–५० प्रतिशतको हाराहारीमा रहेको पनि पर्सा प्रहरीको तर्क छ । लागु औषध प्रयोग र कारोबार कुनै सीमा बिशेषभन्दा पनि समग्र विश्वलाई नै प्रभाव पार्ने हुँदा यसको प्रयोग र कारोवारमा सबै चनाखो हुनु पर्ने पर्साका प्रहरी नायव उपरिक्षक भारतीको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार