सिरहामा लकडाउन उलंघन : प्रहरी–स्थानीयवीच झडप

सिरहा । सिरहा नगरपालिका १७ पर्टेवामा लकडाउन निगरानी गर्न पुगेका बेला प्रहरी र स्थानीयवीच झडप भएको छ । सोमवार साँझ प्रहरीको टोलीले सडकमा रहेका स्थानीय रामकुमार यादवलाई कुटेपछि झड्प सुरु भएको हो । स्थानीयले प्रहरीको भ्यानमा ढुङामुढा गरेको र लट्टी पनि खोसेको छ । स्थानीयको ढुङामुढावाट जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता समेत रहेका डिएसपी विनोद घिमिरे लगायत चारजना घाईते भएका छन् ।

उनीको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा चर्तुवेदीले प्रहरी टोलीमाथि ढुङामुढा भएकोले घेरा हालेर दोषी खोजिरहेको बताए । उनले भने,‘प्रहरीलाई चोटपटक लागेको छ । अवस्था समान्य छ । स्थिती नियन्त्रणमा लिन हवाई फायर गरियो ।’

यसैवीच जिल्ला प्रहरी कार्यालयवाट पुगेका प्रहरीको टोलीले अहिले झड्प स्थल गोईतानी टोललाई घेरावन्दी गरेको छ । प्रहरीले ७ राउण्ड हवाई फायर गरेको वडा अध्यक्ष महेन्द्र यादवले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ