तीजमा अमेरिकामा नचाउँदै चार कलाकार

काठमाडौं । नेपाली कलाकारहरु पछिल्लो समय बिदेशमा हुने कन्सर्टमा निकै व्यस्त बन्न थालेका छन् । यसै क्रममा आगामी तिजको लागि बिदेशमा हुने कार्यक्रमका लागि नेपाली कलाकारहरु धमाधम अनुबन्धित भईरहेको छ ।

आउँदो तीजलाई लक्षित गरेर ‘अब नाच्छ अमेरिका’ कार्यक्रम आयोजना हुने भएको छ । ‘अब हाँस्छ अमेरिका’को सफलतापछि फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित यो कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।

फ्लाई नेपाका सिइओ विनोद अधिकारीले देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा अत्यधिक सफल भएपछि नचाउने उद्देश्यसहित ‘अब नाच्छ अमेरिका’ नाममा कार्यक्रम गर्न लागेको जानकारी गराएका छन् ।

यो नचाउने यात्राका लागि गायिका शान्ति श्री परियार, रचना रिमाल र ज्योति मगर र मोडल करिष्मा ढकाल अनुबन्धित भईसकेका छन् । उनीहरु अर्को महिना यो कार्यक्रमको लागि अमेरिका जाने आयोजक पक्षले जनाएको छ ।

आयोजक विनोद अधिकारीले तीजको अवसर पारेर अमेरिकाका ८ वटा राज्यमा यो कार्यक्रम हुने राजधानीलाई बताएका छन् । नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने विश्वास आफुले लिएको उनले बताए, ‘तीजको सम्झना बोकेर अमेरिकामा बसिरहनु भएका सम्पूर्ण नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने हाम्रो उद्देश्य हो ।यसले कुनै न कुनै रुपमा नेपाली गीत संगीतको प्रवद्र्धनमा पनि भूमिका खेल्ने विश्वास लिएको छु,’ अधिकारीले भने ।

अधिकारीले जनाए अनुसार अमेरिकाका न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्नियामा कार्यक्रम तय भइसकेको छ । यसको लागि टिकट पनि धमाधम बुक भईरहेको उनले बताए ।

फ्लाई नेपाकै आयोजनामा यसअघि भएको ‘अब हाँस्छ अमेरिका’मा सन्दिप क्षेत्री, भरतमणि पौडेल, सुमन कार्की, कैलाश कार्कीको टोलीले यही जनवरीदेखि फ्रेब्रुअरीसम्म अमेरिकाका विभिन्न १४ राज्यमा हाँस्य प्रस्तुति दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार