लकडाउनको प्रभाव मिथिलाञ्चलको हिलोपानी पर्व

जनकपुरधाम । माटोको हिलो एक अर्कालाई दलेर पनि पर्व मनाइन्छ सुन्दा आश्चर्य लाग्न सक्छ, तर मिथिलाञ्चलको प्रमुख पर्वमध्ये एक जुड़शीतल यसैगरी मनाइदै छन् । लकडाउनका कारण मानिसहरु घरवाट निस्केका छैनन तर आफनै घरमा बालबालिकासँगै यो पर्व मनाइरहेका छन ।

बैशाख २ गते एक अर्कालाई हिलो माटो प्रत्येक वर्ष लगाउने परम्परा रहेको छ । यो पर्वलाई मिथिलामा जुड़शीतल भन्ने गरिन्छ । यो पर्वको उत्साह जनकपुरधाममा मात्रै नभई पूरै प्रदेश २ मै रहेको छ । तर सावधानीपूर्वक पर्व मनाउने कार्य भइरहेको छ ।

फागु पर्वमा एक अर्कालाई रंग अबीर दलेजस्तै यस पर्वमा हिलो माटो लगाउने परम्परा रहेको छ । हिलो खेल्ने कार्यमा वर्षोदेखि सक्रिय रहदै आएका सामाजिक कार्यकर्ता अमरचन्द्र अनिलले यसपाली घरमै परम्पराको निर्वाह गरेको छु, विगतका वर्षहरुमा यो पर्वमा घण्टो सहभागि हुने गथ्र्यो वताए । फागु भन्दा बढी उत्साहका साथ यसमा सहभागी हुने गरेको उनले वताए ।

विगतका वर्षहरुमा जनकपुरधामका विभिन्न युवा कमिटीले हिलो माटो खेल्नका लागी विशेष कार्यक्रमको आयोजना नै गर्ने गर्थे । सो कार्यक्रममा विभिन्न युवा क्लवका पदाधिकारी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी आदिको सहभागिता हने गथ्र्यो तर यसपाली औपचारिक रुपले कुनै कार्यक्रम भएन ।

सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं प्रदेशसभा सदस्य रामअशिष यादवले मैथिली संस्कृति र परम्परा जोगाउन आफूहरु हिलो माटो खेललाई प्रत्येक वर्ष उत्सवको रुपमा लिने गथ्र्यो तर यसपाली केही गरिन, उनले भने, अहिले मानवता जोगाउने मात्रै आवश्यक छ, अर्को वर्ष यो हिलोमाटोको पर्व अझै उत्साहका साथ मनाउने छौं

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ