योजनाबद्ध विकासको नमुना दुबई

तेल निर्यातकर्ता मुलुकमा आफ्नो छबी बनाउन सफल दुबई विकासमा पनि छलाङ लगाउने सोचमा देखिन्छ । दुबईमा विकासका लागि पाइला चाल्ने धेरै कम्पनी अस्तित्वमा छन्, अहिले । तीमध्ये चर्चामा आएको कम्पनी हो, क्लेइन्डियन्स्ट ग्रुप । यो दुबईको सबैभन्दा ठूलो रियलस्टेट कम्पनी हो ।

यसले परिकल्पना गरेर धेरैधेरै डिजाइन तयार पार्ने र परिकल्पनालाई साकार पार्ने काम गरिरहेको छ । यसले दुबईमा विश्वको स्वरूप देखाउने सिर्जनात्मक काम गरिरहेको छ । हाल ‘द हर्ट अफ युरोप’ नामको परियोजना कार्यान्ववयन गर्नमा दत्तचित्त भएर लागिरहेको छ । यसको अनुमानित लागत ५ अर्ब डलर अनुमान गरिएको छ ।

सो कम्पनी अष्ट्रियन उद्यमी जोसेफ क्लेन्डियन्स्टको हो । सो परियोजनाअन्तर्गत विभिन्न लग्जरी होटल, निजी घर तथा युुरोपेली शैलीका तैरिने भिल्लाहरू बनाइनेछ । ती सबै संरचना ‘द वल्र्ड’मा जर्मनी, मोनाको, स्वीडेन तथा भेनिस नामका टापुहरूमा निर्माण कार्य गरी सम्पन्न गरिनेछ ।

यस परियोजनाको सफलतासँगै त्यहाँ पुगेका पर्यटकहरूले वर्षाको स्वाद लिन पनि पाउनेछन् । किनकि त्यहाँ ‘वर्षात् गल्ली’ पनि बनाइँदै छ । दुबईको गर्मीमा यसले अनौठो स्वर्गीय स्वाद दिनेछ । यसको निर्माणपछि तीव्र गर्मीका बेलामा पनि मानिसले वर्षात्को पानीमा भिजेको आनन्द लिन सक्नेछन् ।

कम्पनीका अनुसार सन् २०२६ मा निर्माण भइसक्ने सो ‘द वल्र्ड’को बनावटमा सिर्जना, सीप र क्षमताको खोजी भइरहेको छ । यस परियोजनाअन्तर्गतका सबै २ सय ६० वटा टापुलाई महादेशका रूपमा एक अर्कासँग जोडिने योजना आफैंमा अनौठो र रोचक छ ।

पहिले अलगअलग टापुको निर्माण गरिने भनिए पनि पछि ती सबै टापु जोडिने भएका छन् । हरेक टापु अलग रहँदा पानी तथा बिजुलीको अलगअलग लागत र व्यवस्था गरिनुपर्ने थियो । यो निकै महँगो र अव्यावहारिक पनि थियो । तर, आकर्षणचाहिँ कम थिएन । यस लागतलाई कम गर्न र व्यवस्थापनमा सहजीकरण गर्न अब ती कृत्रिम टापुहरू महादेशका रूपमा एकअर्कासँग जोडिने भएका छन् । ती टापुले बिजुली तथा पानीजस्ता सुविधाहरू एक आपसमा सेयर गर्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाले गरे मतदान