नेप्से दोहोरो अङ्कले ओरालो


धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो लाग्ने क्रम शुरु भएको छ । सोही क्रममा आज नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक तीन अङ्कले घटेर २८१.०४ मा पुगेको छ ।

नेप्से ओरोलो लाग्दा कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड चार लाख दुई हजार ५८४ मा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूह मध्ये आज उत्पादन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । सो उपसमूह १७.४८ ले बढ्दा बैंकिङ १२.३९, व्यापार ५.६४, होटल ५४.३२, विकास बैंक १९.१४, जलविद्युत् ८.३४, वित्त ५.५१, निर्जीवन बीमा १३१.५१, अन्य ४.०५, लघुवित्त २०.६९, जीवन बीमा ७५.८६ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ९२ लाख ५५ हजार ७६७ मूल्य बराबरको शेयर खरीद बिक्री भए । यस्तै ग्लोबल आइएमइ बैंक रु तीन करोड ५३ लाख ५७ हजार ९२७, एनआइसी एशिया रु तीन करोड ४६ लाख २३ हजार ५३३, नागरिक लगानी कोष रु तीन करोड १६ लाख ३० हजार २५१, नेपाल इन्भेस्टमेन्ट बैंक रु दुई करोड ७१ लाख १० हजार ८२२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.८८, कञ्चन डेभलपमेन्ट बैंक ३.२८, छ्याङदी हाइड्रोपावर २.१३, सिभिल लघुवित्त वित्तीय संस्था २.०४, शिवम् सिमेन्ट १.९५ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १.८५ प्रतिशतले कमाए ।

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ५.७५, दिव्यश्वरी हाइड्रोपावर ५.६६, नेपाल फाइनान्स ५.६३, सेन्ट्रल फाइनान्स ५.२९, ओरियन्टल होटल ४.८६ र मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ४.२२ प्रतिशतले गुमाए ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा