कृषिको हव मधेशमा पर्यटक आकर्षित गर्ने संकल्प

वीरगन्ज । दक्षिण एशियामै सबैभन्दा ठूलो मेला लाग्ने बाराको गढिमाई मन्दिर, पर्साको भाथाधाम, धनुषाको रामजानकी मन्दिर र सप्तरीको छिन्नमस्ता मन्दिर जस्ता धार्मिक पर्यटकका केन्द्र मधेश प्रदेशमा नभएका होइनन् । ऐतिहासिक धार्मिकस्थल भएर पनि पर्यटक लोभ्याउने गरी मधेश प्रदेशमा गतिलो कार्य सम्पादन भने हुन सकेको छैन ।

वर्षेनी यो क्षेत्रले विना प्रचारप्रसार छिमेकी मुलुक भारतका लाखौं पर्यटक आकर्षित गर्दै यहाँसम्म ल्याएकै छ । तथापि पर्यटन प्रवद्र्धनबाट मधेशको पनि समृद्धि सम्भव छ भन्ने यहाँका शासक प्रशासकमा हेक्का थिएन । मधेश प्रदेश सरकारको उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयले बुधबार मधेश प्रदेशमा पनि पर्यटन प्रवद्र्धनबाट समृद्धि सम्भव छ भन्ने सन्देश दिन सकेको हो ।

पर्यटन मन्त्रालयले पर्सा, बारा र रौतहटका पालिका प्रमुख लगायत यस क्षेत्रका प्रबुद्ध व्यक्तित्व सहितको उपस्थितिमा सहकार्यको हात बढाउँदै मधेश प्रदेशमा पर्यटन प्रवद्र्धनमा चारवटा पर्यटन प्रवद्र्धनका सर्किट बनाउने उद्घोष पनि गरेको छ । हुन त मधेश प्रदेशको अघिल्लो पटकको सरकारले पर्साको ठोरीमा नै पुगी पर्यटक प्रवद्र्धनको चर्का कुरा गरेको थियो । तर कार्य सम्पादनमा भने शून्य प्रायः देखियो । यो पटक भने त्यस्तो नहुने मधेश प्रदेशका पर्यटन मन्त्ती युवराज भट्टराईले जिकिर गरे ।

चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज र सँगैको पर्साको ठोरी लगायतका मधेश प्रदेशका धार्मिक र मनोरम दृष्यको दृष्यावलोकन गर्न नयाँ वर्ष तथा विभिन्न छुट्टी तथा पर्वमा भारतीय पर्यटकको ओइरो नै लाग्छ । तर ती पर्यटकलाई केही रात यता रोक्ने गन्तव्य प्रवद्र्धन गर्नमा भने स्थानीय र प्रदेश सरकार चुकेका थिए । अब यस्ता कमी गर्नै नहुने निष्कर्ष अहिले आएर मधेश प्रदेश सरकारका मुख्य मन्त्री सहितले निकालेको दावी गरेका छन् ।

उद्योग, बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईकै अध्यक्षतामा यो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न गृहकार्य थालिनु र त्यो कार्यक्रममा प्रमुख अतिथि यस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आफै सहभागी हुनुले थोरै आशा जगाएको छ । नीजि क्षेत्रले बर्षौं पहिलेदेखि यो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न आवाज उठाउँदै आएको पनि थियो । तर राज्यको तर्फबाट खासै चासो देखाइएको थिएन ।

विगतदेखि आवाज उठाउँदै आएका होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेश अध्यक्ष मोहन शर्माले पनि विगतमाभन्दा यो पटक आशा जागेको जनाए । अहिलेका मुख्य मन्त्री सतिश कुमार सिंहले पनि तीन जिल्लाका सरोकारवालाहरुका बीचमा पर्यटन प्रवद्र्धन भएमात्र मधेश प्रदेशको विकास र समृद्धि हुन्छ भने । मुख्य मन्त्रीको यो भनाइले पनि थोरै हौसला थपेको कार्यक्रममा सहभागीको तर्क छ ।

चितवन राष्टिय निकुञ्जभन्दा आकर्षक पर्सा राष्ट्रिय निकुञ्ज, कोशी टप्पुको पनि ७५ प्रतिशत भूभाग रहेको कोशी टप्पु जस्ता मधेश प्रदेशका अन्य आकर्षक स्थल समेटेर यो प्रदेशमा चारवटा पर्यटक प्रवद्र्धनका सर्किट बनाउने मधेश सरकारका पर्यटन मन्त्री युवराज भट्टराईले पनि बताए । यो कार्य सम्पन्नताले पर्यटक आकर्षणको गतिलो गन्तव्य हुने उनको दावी छ । २३ बर्षअगाडी पर्साका जनार्दन क्षेत्री जिल्ला सभापति हुँदा पर्सा, बारा र रौतहटलाई समेटेर पर्यटन प्रवद्र्धनको चर्चा खुब चलेको थियो ।

तर अझ अन्तरकृयामा मात्र सिमित हुनु अझै पूर्णता नभएको मधेश विश्व विद्यालयका उपकुलपटि डा.दीपक शाक्यको भनाइ छ । अहिले मधेश प्रदेश सभा सदस्य आफै भएका उनै क्षेत्रीले पनि पर्यटन प्रवद्र्धनमा यो प्रदेश निकै पछि परेको भन्दै सबैको सकृय सहकार्यले परिणाम आउने गरी काम गर्न पर्ने सुझाव दिए । कृषिको उर्वर भूमि रहेको मधेश प्रदेशमा पर्यटक प्रवद्र्धनका पनि प्रचुर सम्भावना रहेकोले यसको विकास विस्तारमा अब विलम्ब गर्न नहुने मधेश सभा सदस्य श्याम पटेलले पनि बताए । यसको लागि स्थानीय सरकार र प्रदेश सरकारको सहकार्य तिव्र रुपमा हुन पर्ने उनको सुझाव छ ।

पर्साको ठोरीमा नै पुगी अघिल्लो लालबाबु राउत गद्दी नेतृत्वको सरकारले मन्त्रीस्तरीय बैठक त्यही गरी पर्यटक प्रवद्र्धनको नयाँ सन्देश दिएको दावी गरेको थियो । तर पर्यटन प्रवद्र्धनका लागि बजेट विनियोजनका क्रममा उपेक्षा गरेकोले अब चाही यो क्षेत्रका नागरिकलाई त्यसरी वेकुफ नबनाउने गरी काम गरिनु पर्ने पर्साको ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले कटाक्ष गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा