पोखराको मदरल्याण्डका १० विद्यार्थीको ४ जिपिए

पोखरा । पोखराको एकै विद्यालयका १० जनाले एसइई–२०८० को नतिजामा ४ जिपिए ल्याएका छन् । मदरल्याण्ड माविबाट सम्मिलित १ सय ४६ जना परीक्षार्थीमध्ये ७ छात्रासहित १० जनाले सर्वोत्कृष्ट ४ जिपिए ल्याएका हुन् । विद्यालय प्राचार्य नारायण बरालका अनुसार ३.६० देखि ४.० जिपिएसम्म ल्याउने १ सय २८ जना र ३.२० देखि ३.६० सम्म ल्याउने १८ जनासहित सबै उत्तीर्ण भएका हुन् ।

४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी हुन् ।

बिहीबार प्रकाशित नतिजामा देशभरबाट मात्र १ सय ८६ जनाले ४ जिपिए ल्याएका हुन् । कास्कीबाट २१ विद्यार्थीको ४ जिपिए आएको छ ।

मदरल्याण्डको यो नतिजा एकै विद्यालयबाट सर्बोत्कृष्ट जिपिए ल्याउने एकमात्र विद्यालय हुन सक्ने विद्यालयको दाबी छ । गत वर्ष एसइर्ईमा २ जना विद्यार्थी सुदेश आचार्य र जोन रानाले पनि मदरल्याण्डबाट ४ जिपिए ल्याएका थिए । २०७५ सालको एसइईमा यहाँबाट सर्वाधिक ७ जना विद्यार्थीको ४ जिपिए आएको थियो ।

मदरल्याण्डले हरेक वर्षजसो उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालयले जनाएको छ । गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत यहाँका ३ जना विद्यार्थीले सर्वोत्कृष्ट ३.९६ जिपिए ल्याएर नेपाल टप गरेका थिए । व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापालाई विद्यालयले जनही २ लाखसहित पुरस्कृतसमेत गरेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।

पोखराकै अर्को चर्चित गण्डकी बोर्डिङका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । १ सय २१ जना परीक्षार्थी रहेकोमा ४ जिपिए ल्याउने आयुष पराजुली र ओजश्वी शर्मा हुन् । ३.६० देखि ४ जिपिएसम्म ल्याउने ९० जना, ३.२० देखि ३.६० सम्म २४ जना र २.८ देखि ३.२० ल्याउने २ जना रहेको विद्यालय शिक्षक राजकुमार ढकालले बताए । यस्तै, पोखराको डिज्निल्याण्डका ३ जना, एसओएसबाट १ जना विद्यार्थीले पनि ४ जिपिए ल्याएका छन् ।

अघिल्लो वर्ष तुलनामा कास्कीमा माथिल्लो जिपिए ल्याउनेको सुधार भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य बताउँछन् ।

साधारण धारतर्फ कुल ९ सय ९८० विद्यार्थीमध्ये २१ जनाको ४.० जिपिए आएको हो । ३.६ देखि ४.० जिपिएसम्म १ हजार ५ सय ७५ जना, ३.२० देखि ३.६० भन्दा कम ल्याउने २ हजार ५ सय ७७ जना छन् ।

यस्तै, २.८० देखि ३.२ सम्म ल्याउने २ हजार २ सय २६ जना, २.४० देखि २.८० सम्म ल्याउने ६ सय ५५ जना र २.० देखि २.४० सम्म ल्याउने २३ जना छन् । एनजी (ननग्रेडिङ) तथा अब्सेन्ट (अनुपस्थित) गरी २ हजार ९ सय ३ जना छन् । प्राविधिक धारतर्फ कुल २ सय १९ विद्यार्थीमध्ये ३.६० देखि ४.० जिपिए भन्दा कम ल्याउने १० जना छन्् ।

गत वर्ष कास्कीबाट मात्र ३ जनाले ४ जिपिए ल्याएकोमा यसपालि बढेर २१ जना पुगेका छन् । यस्तै, २.८० देखि ३.२ जिपिए ल्याउने संख्या सबैभन्दा बढी छ । गत चैतमा भएको परीक्षामा कास्कीबाट १० हजार १ सय ७४ जना परीक्षार्थीले एसइई दिएका थिए । छात्राको तुलनामा ४ सय ३० जना छात्र बढी थिए । परीक्षार्थी अघिल्लो वर्षको तुलनामा १५ जना कम हुन् ।

जिल्लामा ३५ परीक्षा केन्द्रबाट सामुदायिक र संस्थागत गरी २ सय ८७ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये सामुदायिक १ सय २२ तथा संस्थागत १ सय ६५ विद्यालय हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ