Thursday, August 5, 2021
Homeअर्थखाद्यान्न राहत पहुँचवालाको हातमा

खाद्यान्न राहत पहुँचवालाको हातमा

भाडामा बस्ने विद्यार्थी र पीडित मजदुर वञ्चित

,
sharethis

काठमाडौं । सरकारले वितरण गरेको राहत पहुँचवालाको हातमा मात्रै पुग्ने गरेको छ । पीडित मजदुर र विद्यार्थी भने राहतबाट वञ्चित नै हुने गरेका छन् । यस्तै, राहत नपाउनेमा कैलाली घोडाघोडी नगरपालिकाका २३ वर्षीय विद्यार्थी नरेन्द्र उखेडा छन् । उनी मध्य बानेश्वरस्थित एउटा कोठा भाडामा बस्दै आएका छन् ।

उनी पढ्नकै लागि दुई वर्षअघि काठमाडौंमा आएका थिए । बीएमा पढ्दै गरेका उनले विश्वव्यापी कोरोना भाइरस संक्रमण फैलिइन नदिइन सरकारले गरेको लकडाउनले बिहान बेलुका छाक टार्न समस्या परेका बताउँछन् । उखेडा भन्छन, ‘किनेर खान पैसा छैन । घरबाट पैसा पठाउन सक्ने वातावरण छैन । घर जान सक्ने अवस्था पनि छैन ।’ यो पीडा उनको मात्रै होइन । उनीसँग बस्ने अन्य साथीको अवस्था पनि त्यस्तै छ । उखेडा भन्छन, ‘कञ्चपुरका सन्जीत तरुवा, वीरेन्द्र चँदरा, कैलालीकी आशा चँदरा र भुवन वड हामी कसैसँग अहिले खानका लागि न चामल छ न त आटा नै हामी सबै सुदूरपश्चिमका साथी छौं ।’

आफूसँग भएको सबै सामान सकिएपछि सय नम्बर डाइल गरेर प्रहरीलाई केही खाद्यान्नको व्यवस्था मिलाइन दिन गुहार माग्दा प्रहरीले पीडित विद्यार्थीलाई सरकारले स्थानीय तहमार्फत खाद्यान्न राहत वितरण गरिरहेकाले आफू बस्ने वडामा सम्पर्क गर्न भनेको उनले बताए । प्रहरीकै सल्लाहअनुसार काठमाडौं–१० वडा कार्यालयमा राहतका लागि सम्पर्क गरेको साता दिन बढी भइसकेको छ तर वडा कार्यालयले राहत नदिएको उनको भनाइ छ । तर, त्यही स्थितमा हाम्रो नजिक बस्ने स्थानीयले भने एउटै व्यक्तिले दुईपटक त्यसै वडाबाट राहत ल्याएको पनि उखेडा बताउँछन् ।

उखेडा निन्याउरो मुख लगाउँदैन भन्छन्, ‘लकडाउनले न घर जाने सक्छौं, न त खाद्यान्न छ न त पैसा ।’ यस्ता धेरै विद्यार्थी र मजदुरले राहत पाउन सकेका छैनन् । तीन साता लामो लकडाउनले काठमाडौंमा कोठा भाडामा बस्ने धेरै विद्यार्थीमा यस्तै समस्या रहेको छ । विद्यार्थी र मजदुरलाई बिहान बेलुकी छाक टार्न समस्या भए पनि त्यस्ता समस्या समाधान हुन सकेको छैन ।

(Visited 146 times, 1 visits today)

आजको समाचार

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

बीमा बापतको रकम हस्तान्तरण

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बापतको रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

एकै परिवारका ३ जनाको मृत्युपछि उदयपुरको खैजनपुर ‘सिल’

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– २ खैजनपुरमा कोभिड संक्रमणले एकै परिवारमा ३ जनाको मृत्यु भएपछि सिल गरिएको छ । गएको २२ दिनभित्र कोभिड संक्रमणबाट...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

ट्रेन्डिङ

अविरल बर्षाले गुल्मीमा एकको मृत्यु, एक वेपत्ता

गुल्मी । गुल्मीमा अविरल बर्षाका कारण एकजनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् । गएराति करिब १ बजेबाट बर्षा सुरु भएको थियो...

आवश्यकत्ता पर्यो भने सरकार बनाउन कांग्रेस तयार छ : रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने भन्दै परिस्थिति सही र सुनिश्चित् भयो भने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)