अनुशासित र कर्तव्यनिष्ठ नागरिक बनाउन स्काउटिङ्ग आवश्यक

भक्तपुर । नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुरको आयोजनामा शनिवार स्काउट मास्टर भेलाका साथ समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ्ग शिक्षा अपरिहार्य भएकोमा जोड दिएको थियो ।

नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्यले समाजलाई अनुशासित र स्वयंसेवी बनाउनका लागि स्काउट पाठ्यक्रमको व्यवस्था गरी उमेर अनुसार शैक्षिक क्रियाकलाप बनाएको ’bout समाजलाई जानकारी दिनुपर्ने बताए ।

भक्तपुरमा स्काउटिङ्ग गतिविधिलाई थप सक्रिय पार्ने हेतुका साथ भएको कार्यक्रममा सदस्यता वृद्धि आयुक्त पूर्ण दुवालले स्वागत तथा कार्यक्रमको औचित्यतामाथि प्रष्ट पार्दै स्काउटिङ्ग क्रियाकलापमा एकरुपता ल्याउनु आवश्यक रहेको चर्चा गरे ।

स्काउटलाई शैक्षिक अभियानका रुपमा अगाडि लान विद्यालय व्यवस्थापन र अभिभावकलाई सचेत पार्नुपर्ने आवश्यक रहेको बताउँदै उनले दैवीप्रकोपलगायतका समयमा स्काउटले आफू पनि बचेर अरुलाई बचाउन सक्ने भएकाले यसको औचित्यताका ’boutमा प्रचार अझै आवश्यक भएको धारणा राखे ।

स्थानीय परिषद सदस्य तथा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले विद्यालयहरुमा स्काउट शिक्षकहरु चलाक हुने गरेको र अतिरिक्त क्रियाकलापमा स्काउट मास्टर नै सक्रिय हुने गरेको दृष्टान्त प्रस्तुत गर्दै स्काउट शिक्षालाई जीवनपद्धतिसँग जोड्नु पर्ने आवश्यकता औंल्याए ।

स्थानीय स्काउट सदस्य सचिव रामेश्वर मचामसीले नगरपालिका, विद्यालय र स्काउट कार्यालय मिलेर स्काउटको सदस्यता वृद्धि गर्दै लैजानुपर्ने बताए । विद्यालयका प्रिन्सिपलहरुसँग छलफल गरी यसलाई थप विस्तार गर्न सके समाजमा इमान्दार र राष्ट्रभावले ओतप्रोत नागरिक उत्पादन हुने धारणा उनले राखेका थिए ।

स्थानीय स्काउट आयुक्त वालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा डा.सरोजकुमार सुवाल, रविन्द्र बासुकला, राष्ट्रिय परिषद सदस्य रत्ना चवाल, राष्ट्रिय प्रशिक्षक अच्युत प्रजापति, सहायक राष्ट्रिय प्रशिक्षकहरु सीता त्वानावासु, रुविना छुस्यावाग, राजेस गाइँजु, पवनकुमार बल्ललगायतले विभिन्न रचनात्मक सुझाव कार्यक्रममा दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रामचन्द्रलाई जगन्नाथकाे प्रस्ताव : रेणु दाहालको उम्मेदवारी फिर्ता हुन्छ भने म पनि झिक्छु