सडक सुधार भएन

असार महिनामा मनसुन आउने नै भयो । मनसुन आएपछि बर्खा लाग्यो । बाढीपहिरो र भेल तथा भूक्षयले हामी स्थानीय सताइन थालेका छौं । हिँड्ने बाटा छैनन् । बजार जाने बाटा खोल्सा र चिरा परेर हिँड्न नमिल्ने भएका छन् । हामी रोल्पालीले यही समस्या भोगिरहेका छौं ।

भर्खरै मात्र रोल्पामा जिप दुर्घटना भयो । माडी गाउँपालिका–२ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु१ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी दुर्घटना भएको हो । माडी गाउँपालिकाको परेवाछहरा भन्ने ठाउँमा सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

अन्यत्र पनि दशा यस्तै छ । गाडीमा यात्रा गर्दा गाडीको क्षमताभन्दा बढी मानिस राख्ने गरिन्छ । पानी परिरहेको हुन्छ । छहरा खसिरहेका हुन्छन् । बाटो भत्किइरहेको हुन्छ । गाडी गुडिरहेको हुन्छ । पहरामाथिबाट ढुंगा खस्नेक्रम जहाँ पनि हुन्छ । तर, यस्तो बेलामा यातायात नचलाउने भन्ने कोही पनि छैन ।

गाउँमा सेवा र सुविधा केही पनि छैन । सेवा लिनका लागि बजार धाउनुपर्छ । सदरमुकाम र गाउँपालिका तथा नगरपालिका कार्यालयमा धाउनुपर्छ । भौगोलिक हिसाबले धेरै टाढा नभए पनि त्यहाँ पुग्न जोखिमयुक्त यात्रा गर्नुपर्छ । यसले हामीलाई सधैं त्रासमा राखिरहेको हुन्छ ।

बाटो त खनियो, त्यो पनि जथाभाबी † जहाँ पनि भत्काइएको छ, बिगारिएको छ । स्तरीय बाटाघाटा छैनन् । कालोपत्रेको कुरा आकाशको फल आँखा तरी मर हुन गएको छ । दीगो विकासको अवधारणाले ठाउँ नै पाएन । यसका ’boutमा सोच्ने कसले ? जनप्रतिनिधि भोटको राजनीति मात्र गर्छन् ।
चन्द्र डाँगी, ओत, रोल्पा

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता