अभौतिक मुद्रा कारोवारमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका-११ का २२ बर्षीय शिब शंकर यादब, राजगढ गाउँपालिका- ३ का २० बर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका-१ का २५ बर्षीय रन्जित कुमार यादब, बिराटनगर-१६ का ३० बर्षीय जनार्दन यादब, २६ बर्षीय सिकिन्दर यादब र सप्तरी नर्घो घर भई बिराटनगर १५ मा बस्दै आएका ३३ बर्षीय संजिव कुमार मण्डल रहेका छन ।

मोरङ प्रहरीका डीएसपी तथा सूचना अधिकारी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार असार १९ गते अपरान्ह बिराटनगर-१५ स्थित रहेको सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा भाडामा लिई अभौतिक मुद्राको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले घर कोठा खानतलासी गरेको थियो।

खानतलासी गर्दा मोवायल १६ थान, बिभिन्न बैंकको एटीएम -४४ थान, भारतिय नम्वरको सिम १३ थान, नेपाली नम्वरको सिम १९ थान, बिभिन्न बैकको चेक २८ थान, बिभिन्न बैकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाईकल ३ थान, ईलेक्ट्री फ्रिंङगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैया सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको सूचना अधिकारी बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौँडा १ नम्बर वडामा कांग्रेसबाट न्याैपाने विजयी