देशभर मध्यमदेखि भारी वर्षा, १९ स्थानमा ‘अति भारी वर्षा’

काठमाडौं । दुई दिनदेखि देशका विभिन्न ठाउँमा निरन्तर मध्यमदेखि ‘अति भारी वर्षा’ भएको छ । केही दिनदेखि मनसुनी प्रणाली थप सक्रिय भएसँगै देशभर निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विगत २४ घण्टामा देशका १५ स्थानमा ‘अति भारी वर्षा’ भएको महाशाखाले जनाएको छ ।

मौसम महाशाखाले दिएको विवरणअनुसार २४ घण्टामा सबैभन्दा बढी पाल्पाको कमलगाउँमा ३ सय ९७ दशमलव ४ मिलिमिटर वर्षा भएको छ भने दाङका मात्रै ५ ठाउँमा अति भारी वर्षा भएको देखिएको छ । मौसमविद् रञ्जन शर्माका अनुसार सामान्यतया २ सय मिलिमिटर नाघेमा अति भारी वर्षा भन्ने गरिन्छ । तर, अहिलेको यो मनसुनी सिजनमा झन्डै ४ सय मिलिमिटर वर्षा पुग्ने संकेत देखिएको छ । ‘मनसुनी प्रणाली थप सक्रिय भएमा देशको केही स्थानमा ४ सय मिलिमिटरभन्दा बढी वर्षा हुने देखिन्छ, शर्माले भने, शुक्रबारदेखि शनिबारसम्म देशभर भइरहेको वर्षाले क्षति तथा जनजीवन थप प्रभावित हुने देखिन्छ ।’

महाशाखाका अनुसार अति भारी वर्षा भएका १९ स्थानमध्ये सबैभन्दा धेरै शनिबार पाल्पाको कुमाल गाउँमा ३ सय ९७ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, पाल्पाकै गैंडाकोटमा ३ सय ५ मिलिमिटर वर्षा भयो । त्यस्तै स्याङ्जामा ३ सय ५ मिलिमिटर वर्षा भयो, पाल्पाको जाल्पामा २ सय ९१ दशमलव ६ मिलिमिटर वर्षा भयो । पाल्पाकै अर्चलेमा २ सय ७१ मिलिमिटर वर्षा भयो । स्याङ्जाको मलुंगामा २ सय ७० दशमलव ४ मिलिमिटर वर्षा भयो भने दाङको बगासोतीमा २ सय ६७ मिलिमिटर, दाङको लमहीमा २ सय ६७ मिलिमिटर वर्षा भयो । दाङकै रतनमाटामा २ सय ६३ मिलिमिटर, दाङको घोराहीमा २ सय ४८ मिलिमिटर, अर्घाखाँचीमा २ सय १७ दशमलव ६ मिलिमिटर र सन्धिखर्कमा १ सय ९५ दशमलव ६ मिलिमिटर वर्षा भयो । त्यस्तै, पर्वतमा २ सय २८ मिलिमिटर र कास्कीको लामापाटनमा २ सय २८ दशमलव ६ मिलिमिटर वर्षा भयो । पर्वतको कर्कीनेतामा २ सय १६ मिलिमिटर वर्षा भयो । नवलपुरको देउरालीमा २ सय ७ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ ।

उपत्यकामा कहाँ कति वर्षा ?
कीर्तिपुरमा १ सय ७ दशमलव २ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १ सय ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२ दशमलव २ मिलिमिटर वर्षा भएको छ ।

टीकाथलीमा ८३ दशमलव ४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा लेलेमा १ सय ३८ मिलिमिटर वर्षा भइसकेको छ ।

शुक्रबार रातिदेखि शनिबार दिनभर देशका अधिकांश स्थानमा वर्षा भएको छ । मौसमविद्का अनुसार, कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ ।

यस्तै, २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई ‘हल्कादेखि मध्यम’ र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई ‘हल्का’ वर्षा भनिने महाशाखाले जानकारी गराएको छ ।

कहाँ–कहाँ छ बाढीको जोखिम ?
अविरल वर्षासँगै बाढीपहिरोको जोखिम पनि बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी र पश्चिम राप्ती नदीको जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतकर्ता अपनाउन भनी एसएमएस पठाइएको छ ।

शनिबार नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतह ७ दशमलव ३ मिटर पुगेको थियो । नदीको बहाव बढ्दो क्रममा छ । आइतबार पनि सो क्षेत्रमा बाढीको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, पश्चिम राप्तीको कुसुम जलमापन केन्द्रमा पनि जलसतहले सतकर्ता तह (६ मिटर) पार गरेको थियो । बहाव बढ्ने क्रममा रहेकाले बाँकेका नदी तटीय क्षेत्रमा शनिबार साँझसम्म सतकर्ता अपनाउन आह्वान गरिएको थियो । महाशाखाले आइतबार बाग्मती, नारायणी, कालीगण्डकी, मस्याङ्दी, बबई, पश्चिम राप्ती, महाकाली र पश्चिम सेतीसहित अन्य साना नदी, खोलामा बहाब बढ्ने आँकलन गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम राप्ती कुसुम बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । यो क्षेत्रमा जल सतह बढ्दो क्रममा रहेकाले बाँके जिल्लाको नदी तटीय क्षेत्रमा आइतबारसम्म उच्च सतर्कता अपनाउन विभागले भनेको छ ।

देशभर बाढीपहिरोले ३६ सडकखण्ड अवरुद्ध
देशभर बाढी पहिरोका कारण ३६ सडकखण्ड अवरुद्ध भएका छन् । पहिरोका कारण सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग आंशिक रूपमा मात्रै सञ्चालनमा छ । त्यस्तै, सिन्धुलीमा गएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ भने मध्यपहाडी राजमार्गमा पनि विभिन्न स्थानमा पहिरोले आवतजावत प्रभावित भएको छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने सडक मार्गहरू पनि अवरुद्ध बनेका छन् । सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था नरहेको प्रशासनले जनाएको छ । चित्लाङ–मकवानपुर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । यस सडक खण्डमा चन्द्रागिरि–४ मा अन्तर्गत रहेको सडकमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । यस्तै, भीमफेदी गाउँपालिका–४ मा गएको पहिरोका कारण भीमफेदी काठमाडौं सडक अवरुद्ध भएको छ । त्यस्तै, महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडक खण्ड र ललितपुरको भट्टेडाँडानजिक गएको पहिरोका कारण कान्ति राजपथ पनि अवरुद्ध भयो ।

त्यस्तै, पहिरोका कारण बेंसी सहर–चामे सडक र बाढीका कारण घोराही–तुलसीपुर सडक पनि अवरुद्ध भएको छ । त्यस्तै, बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो खसेका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको र गाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन बाटोमै रोकिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित