चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु, ५ घाइते

दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया छोरी लक्ष्मी खातीको मंगलवार राती चट्याङ लागेर मृत्यु भएको हो । खातीको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार खातीको घरमा मंगलवार राती साढे ८ बजेतिर चट्याङ परेको हो । चट्याङ लागेर खातीकी श्रीमती सिता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको प्रहरी निरीक्षक जोशी बताए ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने, गृहमन्त्रीले जानकारी दिने