कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक एक गोल गरेका थिए ।

यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच हुने निश्चित भएको छ । यो हारसँगै पानामाको कोपा अमेरिकाको यात्रा समाप्त भएको छ ।
      

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महिला एशिया कपः आज पाकिस्तानले नेपालको सामना गर्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण