एसईईपछिको विषय रोजाइ

दुई साताअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भएसँगै विभिन्न विद्यालयले कक्षा ११ का लागि भर्नाको सूचना प्रकाशन गरेका छन् । एसओएस, गण्डकी बोर्डिङजस्ता कतिपय विद्यालयहरूले त सो कक्षाका लागि प्रवेश परीक्षासमेत लिइसकेका छन् । नतिजा प्रकाशनसँगै भर्नाको सूचना निकाल्ने यस्ता विद्यालयहरूले विद्यार्थीकोे प्रमाणपत्र, लब्धांकपत्र केही हेर्दैनन् । केबल उत्तीर्ण भएको सूचना र आफूले चाहेको जीपीए भए पुुग्छ । सम्भवतः प्रतिस्पर्धाको दुनियाँमा गुणस्तरका लागि अपनाइने काइदा पनि यही होला ।

एकातिर माध्यमिक तहको शिक्षा १२ कक्षासम्मलाई मानिएको र अर्कोतिर अक्षरांकन पद्धति अँगालिएको हुँदा यस परीक्षाले त्यति चर्चा पाएको देखिँदैन, जति पहिला पाउने गथ्र्यो । फलामे साङ्लो भनेर हाउगुजी देखाइने यो परीक्षा आज आएर कक्षा ११ का लागि प्रवेशको आधार मात्र भएको छ । शिक्षा ऐनमा गरिएको परिवर्तनसँगै आधारभूत तहमा शिक्षक हुनका लागि पनि कम्तीमा कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्थाले गर्दा कक्षा १० को अन्त्यमा लिइने परीक्षाले क्रमशः चर्चा पाउन छाडेको हो । जतिसुकै महत्व नदिइए तापनि गाँठी कुरा के हो भने विद्यार्थीको भावी सिकाइलाई गन्तव्यतिर लैजाने र आगामी दिनका लागि शैक्षिक मार्गदर्शन गर्ने काममा यो परीक्षा र त्यसको परिणामले ठूलो महत्व राख्छ । यसैकारण सरकारले यसलाई आजपर्यन्त राष्ट्रिय परीक्षाकै रूपमा व्यवस्थापन गर्दै आएको छ । विभिन्न विवादका बीच पनि यो परीक्षा प्रदेशस्तरमा हस्तान्तरण गर्न संघीय सरकार अग्रसर देखिँदैन । यसबाट रूपमा नाम फेरिए पनि सारमा हालको एसईई साबिककै ‘एसएलसी’को परिवर्तित स्वरूप हो भन्ने कुरा प्रमाणित हुन्छ ।

शिक्षामा व्यावहारिक पक्ष
अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकन आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई पत्र लेख्दै, ‘मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस्, समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान् नेता पनि छन्, त्यस्तै शत्रु पनि छन्, मित्र पनि छन्, उसलाई सित्तैमा पाएको हजारौं डलरभन्दा परिश्रम गरी कमाएको एक डलरभन्दा बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताइदिनुहोस्’ भनेका छन् ।

लिंकन अगाडि लेख्छन्, ‘मेरो छोरो जतातिर हूल छ त्यतातिर लाग्ने प्रवृत्तिको नहोस्, उसलाई कहिले काहीँ आँखाबाट आँसु झार्नु लाजमर्दो कुरो होइन भनी दिनुहोस्, ऊ आफ्नो बाहुबल बुद्धि र सामथ्र्यमा विश्वास गरोस्, सम्झनुहोस् ! आगोको लप्काबाटै फलाम खारिन्छ, उसभित्र साहस र सधंै केही गरांै भन्ने भावना भइरहोस्, मेरो छोरो स्वयं निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस्, अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ ।’

मानवता हराउँदै गएको, पढेर पनि अनपढ व्यवहार गर्ने वर्तमान युवापुस्ताका लागि लिंकनको सो सन्देश निकै मार्मिक र आजका सन्दर्भमा उपयुक्त पनि देखिन्छ । आजको पठनपाठनले न सीप दिएको छ, न व्यवहार । तसर्थ, व्यावहारिक पक्षमा लिंकनको सो आकांक्षाले आमनेपाली अभिभावकको प्रतिनिधित्व गर्छ । हामीले खोजेको एकथरी शिक्षा यस्तै पनि हो ।

शिक्षा परिणाममुखी हुनुपर्छ भनेको धेरै भयो, तर आजसम्म किन व्यावहारिक र परिणाममुखी हुन सकेन ? चिन्ता त्यतातर्फ पनि हो । खोतल्दै जाँदा समाजले चाहेको शिक्षा र हाम्रा बाबुनानीले चाहेको शिक्षाबीच तादात्म्यता नमिलेको देखिन्छ । के पढ्ने भन्ने कुरामा नै समाज र स्वयं पढ्नेवालाबीचको स्वार्थ बाझिएको देखिन्छ । यसैकारण बजारमा शैक्षिक बेरोजगारको ताँती त देखिने नै भयो, उल्टै पारिवारिक र सामाजिक संरचनामा समेत यसले विखण्डन ल्याउनसक्ने अवस्था सिर्जना गराउने सम्भावना देखिन्छ । पढाइको विषय चयनमा नै आजका बाबुनानीहरू लागिपरेका देखिन्छन् । तनाव त्यहाँबाटै सुरु हुन्छ । यसको समुचित समाधानका लागि अभिभावकीय भूमिका र मनोपरामर्श आजका धेरैजसो बालबच्चालाई जरुरी देखिन्छ । एक जना दार्शनिकले भनेका छन्–‘कति पढ्ने भन्ने कुरा सबैलाई थाहा भए पनि के पढ्ने भन्ने कुरा कमैलाई मात्र थाहा छ, यसैले पढाइका लागि विधा चयन आजको मुख्य समस्या हो ।’

शिक्षा परिणाममुखी हुनुपर्छ भने पनि आजसम्म किन व्यावहारिक र परिणाममुखी हुन सकेन

कक्षा १० पछि के पढ्ने ? विद्यार्थीहरूमा कौतुहलता उत्पन्न हुनु स्वाभाविक हो । कक्षा ११ मा रोज्ने शैक्षिक संकाय, मूल विषय र रुचि नै कुनै पनि विद्यार्थीका आगतका लागि पथप्रदर्शक हुन् । भविष्यमा के बन्ने वा कुन बाटो समात्ने भन्ने विषय उसले कक्षा ११ मा कुन संकायमा जान्छ ? वा के विषय रोज्छ भन्ने कुरामा निर्भर गर्छ ।

राम्रो जीपीएमा उत्तीर्ण विद्यार्थीका लागि यतिबेला भ्याइनभ्याइ छ । उनीहरूलाई कसैले निःशुल्क, कसैले कम शुल्क त कसैले सशुल्कमा आफ्नो कलेजमा भर्ना हुन अफर गरिरहेका छन् । गतिलामा गनिएका कतिपय कलेजहरूले त यसअघि सिट रिजर्भसमेत गरी राखिदिएका छन् । शिक्षा क्षेत्रमा देखिएको यो एउटा विकृति र अस्वस्थ प्रतस्पर्धा नै हो । बसपार्कमा रुमलिएको यात्रीलाई बसवालाले तानातान गरेझंै उनीहरूलाई आफूतिर तान्न धेरै कलेज तँछाडमछाड गरिरहेका छन् ।

वास्तवमा पढ्ने के त ? कुन संकाय रोज्दा भविष्य उज्वल हुने होला ? आजका एसईई उत्तीर्ण मेधावी विद्यार्थीका लागि मुख्य चिन्ता यही नै हो । यो रोजौं कि, ऊ रोजौं भनेर अन्योल अवस्थामा रहेका विद्यार्थीका लागि उचित मनोपरामर्श जरुरी पनि छ । तर, हामीकहाँ परामर्शभन्दा पनि आफूअनुकूल सुुझाव दिने गलत परम्परा छ । यसले गर्दा विद्यार्थीलाई विषय छनोटमा सहज होइन, सकस पैदा हुुनजान्छ । तसर्थ, सही सुुझाव र सल्लाह प्रदान गर्नु हरेक अभिभावक तथा शिक्षाविद्हरूको कर्तव्य हो ।

लोकसेवाको विज्ञापनमा करिब १० हजार पदका लागि लगभग ४ लाख उम्मेदवारले दर्खास्त दिएको अवस्था छ । शिक्षक सेवा आयोगको परीक्षामा पनि आवश्यकभन्दा १०औं गुणा बढीको दर्खास्त पर्ने गरेको छ । यस अवस्थाले गर्दा हाम्रो शिक्षा प्रणाली बेरोजगार नागरिक मात्र उत्पादन गर्ने कारखाना बनेको छ भन्ने कुराको पुुष्टि हुन्छ । यस प्रवृत्तिलाई अन्त्य गर्न पनि सीपमूलक शिक्षाको जरुरी छ । यसका लागि सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञान दिने विषयको खोजी यी विद्यार्थीले गर्नुपर्छ । सक्नेहरूले विज्ञान विषयलाई छोड्नुहुँदैन । ’cause, कक्षा १२ पछि कता जाने भन्ने कुराको मार्गदर्शनसमेत कक्षा ११ मा के पढियो भन्ने कुराले गर्छ । तसर्थ, इन्जिनियर, डक्टरलगायतको विषयका लागि बाटो बनाउने आधार विज्ञान नै हो । शिक्षणतर्फ नै बस्छु भन्नेहरूले पनि शुद्ध विज्ञान वा शिक्षा संकायतर्फ विज्ञान मूल विषय लिई अध्ययन गर्न उपयुक्त हुन्छ । यसो भयो भने अध्यापन अनुमतिपत्रका लागिसमेत सहज हुन्छ । आज बजारमा विज्ञान विषयका शिक्षकको खाँचो नै छ । खाँचो मात्र होइन, विज्ञान विषयको शिक्षक पाउन दुुर्गमका विद्यालयका लागि कयौंपटक विज्ञापन गर्नुपरेको अवस्था आज पनि उस्तै छ ।

आजको युुुुुुग सूचना प्रविधिको युग हो । पढेपछि लगभग बेरोजगार बस्नुनपर्ने । आफैं व्यवसाय सञ्चालन गर्नसमेत सकिने आईसीटी अर्थात् सूचना प्रविधिको अध्ययन अर्को विकल्प हुनसक्छ । यसका लागि कम्प्युटर शिक्षा पनि रोजाइको विषय बन्न सक्छ । विज्ञानपछि आईसीटी नै विद्यार्थीका लागि बढी उपयुक्त हुुन्छ भन्ने शिक्षाविद्हरूको भनाइ छ ।

हामी क्रमशः सहकारी, सामूहिकता र समूह गठनको अवधारणामा गइरहेका छांै । कृषि, व्यवसाय, उद्योग आदिमा अनुदान लिई काम गर्न खोज्नेहरूका लागि सरकारले थुप्रै अनुदान र सहजताको व्यवस्था गरेको छ । ७ सय ५३ वटै स्थानीय सरकारमा बैंकिङ सेवा पु-याउने सरकारको नीति छ । तसर्थ, आवश्यकता र रोजगारी दुवै हिसाबले व्यवस्थापन विषय पनि रोजाइको विषय बन्नसक्छ । अन्य विषयका ’boutमा कुरा गर्दा जेटीए, अमिन, भेटेरेनरी, होटल व्यवस्थापन, स्वास्थ्यतर्फ अहेब, अनमी आदिका लागि पनि रोजगारीका क्षेत्रहरू हुन सक्छन् । यी विषयतर्फ पनि जान सकिन्छ । आफूले प्राप्त गरेको जीपीएका आधारमा रुचि र क्षमतासमेत आँकलन गरी विषय रोज्न जरुरी छ । राम्रो विषय ठानेकै भरमा सहजै उत्तीर्ण हुन नसक्ने विषयमा हात हाल्न पनि उचित हुँदैन । ’cause, ‘इयर लस’ भयो भने जतिसुकै राम्रो विषय लिए पनि पछि परिन्छ । कतिपय अवस्थामा त जुनिभर ब्याक दिएर बस्नुपर्ने अवस्था पनि आउन सक्छ । यसरी जीवन बर्बाद पार्नुभन्दा आफूलाई उपयुक्त जँचेको सरासर उत्तीर्ण हुनसक्ने विषय नै हरेकका लागि उपयुक्त हुन्छ । अभिभावकहरूले पनि आफ्ना बाबुनानीहरूलाई यस्ता कुरामा परामर्श दिनुपर्छ । कुनै पनि विषय आफैंमा राम्रो वा नराम्रो भन्ने हुँदैन । त्यो त आफूले हासिल गर्ने सिकाइ उपलब्धिको स्तरमा भरपर्छ । तसर्थ, मानविकी, राजनीति शास्त्र, अर्थशास्त्र आदिलाई पनि त्यागिहाल्न हुँदैन । विषय छनोटमा अभिभावकले दबाबभन्दा पनि सहजीकरण गरिदिनुपर्छ ।

छिमेकीको बच्चाले यो पढ्यो तिमीले पनि यही पढ्नुपर्छ भनेर मात्र हाम्रो दायित्व पूरा हुँदैन

तर्क आ–आफ्नै
फ्रान्सका प्रसिद्ध समाजशास्त्री दुर्खिमले समाज शिक्षाबाट अलग र शिक्षा समाजबाट अलग हुन सक्दैन भनेका थिए । यसैकारण के पढ्ने भन्ने कुरा समाजको आवश्यकतामा निर्भर हुनुपर्ने थियो । तर, हामीकहाँ त्यो अवस्था छैन । अहिले बजारमा विज्ञान शिक्षकको आवश्यकता बढी छ । तर, शिक्षणीय हिसाबले विज्ञान पढ््नेको संख्या अत्यन्तै कम छ । एक किसिमले छँदै छैन भने पनि हुन्छ । पढिहालेछन् भने पनि अध्यापन अनुमतिपत्र लिन उनीहरू मान्दैनन् । विज्ञानलाई उपल्लो कक्षाको तयारीका रूपमा मात्र लिने प्रवृत्ति छ । हाम्रो पढाइ या त विदेशतिर सुइँकुच्चा ठोक्ने या त इन्जिनियर, डाक्टर हुनेतर्फ नै केन्द्रित देखिन्छ । यसैले अहिले बजारमा यी दुुुुुवैका जनशक्ति फालाफाल छन् । जहाँ विज्ञान शिक्षक पाइँदैन, त्यहाँ डाक्टर बेरोजगार छन् । यसैले शिक्षामा न राज्यको योजना नै कामयावी देखियो, न व्यक्तिको छनोट । यसमा मुख्य दोष राज्यको नै छ । ’cause, हामीसँग योयो विधाको जनशक्ति प्रयाप्त छ, अब योयो विधामा जनशक्तिको जरुरी छ भनेर लेखाजोखा गर्ने चलन नै छैन ।

यसको अभाव पूर्तिका लागि विगतमा हामीसँग विद्यालयस्तरबाटै योजना बनाएर छलफल गर्ने चलन थियो । सबैभन्दा तल्लो निकाय विद्यालयले विद्यालय सुधार योजना (एसआइपी) बनाउने गर्थे । यसैका आधारमा गाउँ शिक्षा योजना (भीईपी) बनाउने चलन थियो । गाउँ शिक्षा योजनाका आधारमा रहेर जिल्लाले जिल्ला शिक्षा योजना (डीईपी) बनाउँथे । जिल्ला शिक्षा योजनाका आधारमा राष्ट्रिय शिक्षा योजना बनाउने अवधारणा थियो । आजकल यी योजना बनाउनेतर्फ कसैको ध्यान गएको छैन ।

उच्चस्तरीय शिक्षा आयोग पनि प्रायः विभागीय मन्त्रीकै अध्यक्षतामा बन्ने र तिनले दिएको सुुझावका आधारमा सुधारको सम्भावना पनि नहुने देखिन्छ । त्यसैले, यस्ता आयोग कहिले बने भन्ने विषयमा सर्वसाधारणले चासो राखेको पनि पाइँदैन । आजसम्मको शैक्षिक इतिहासमा शिक्षा आयोग २०४९ को प्रतिवेदन मात्र सबैभन्दा बढी कार्यान्वयन गरिएको प्रतिवेदन हो । बाँकी सबै औपचारिकतामा मात्र सीमित देखिन्छन् ।

आगामी दिनमा राज्यले शिक्षाको बृहत् योजना बनाई आश्यक पर्ने जनशक्तिको खाका सार्वजनिक गर्नसके विद्यार्थीका लागि कुन विषय छनोट गर्ने भन्ने ’boutमा निर्णय लिन सहज हुन्छ । पढिसकेपछि बजारमा टिकाउ र बिकाउ हुने विषयमै सबैको मन तानिन्छ । तसर्थ, बजारको आवश्यकता यो हो भनेर सूचित गरिदिन आवश्यक छ । बजारमा खपतको अवस्था हेरेर मात्र उनीहरूले आफ्नो रुचि, क्षमता र सामथ्र्यताका आधारमा विषय छनोट गर्न स्वतन्त्र हुनसक्छन् । अभिभावकलाई पनि परामर्श दिन सहज हुन्छ । छिमेकीको बच्चाले यो पढ्यो, तिमीले पनि यही पढ्नुपर्छ भनेर मात्र हाम्रो दायित्व पूरा हुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वहुमत पालिकामा नेतृत्व जिते पनि कांग्रेस समन्वय समितिमा अल्पमतमा