झण्डै २ सय खेलाडी सम्मानित

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकी आयोजनामा शनिबार पोखरामा खेलाडीको सम्मान गरेको छ । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४ औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ सिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट विजेता १ सय ७८ जना खेलाडीलाई नगदसहित सामूहिक सम्मान गरिएको हो ।

परिषद् संरक्षक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, परिषद् उपाध्यक्ष धोजकुमार गुरुङ, मन्त्रालयका सचिव प्रकाश पौडेल, सदस्यसचिव श्रीधर शर्मालगायतले पुरस्कृत तथा प्रशंसापत्रले सम्मान गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले खेलाडीहरुलाई बधाईसँगै शुभकामना व्यक्त गर्दै प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिवद्ध रहेको जनाएका छन् । मन्त्री थापाले खेलकुदबाट नै भविष्य छ भन्ने विषय अहिलेको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै ३ तहबीचको सरकार खेलकुद विकासमा अघि बढेको बताए ।

व्यक्तिगत इभेन्टतर्फ स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमश ७, ५ र ३ हजार तथा टिम गेम्सतर्फ क्रमश ५, ३ र २ हजार दरले पुरस्कृत गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

बकैया नदीमा 'जियोब्याग’ तटबन्धले दर्जनौँ गाउँ डुबानबाट सुरक्षित