काठमाडौं । नेपाली चलचित्र ईश्वर ११ साउनबाट रिलिज हुने भएको छ । यसै क्रममा यो चलचित्रको दोस्रो गीत ‘पुरा भयो सपना मेरो’ यतिबेला रिलिज गरिएको छ । चलचित्रको गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको हो ।
यो गीतलाई गायक रवि ओड र गायिका बेनिशा पौडेलले गाएका छन् । जसमा भिस्मराज फूलाराको शब्द, राजेन्द्र बजगाईँको संगीत रहेको छ ।
राजु गिरीको निर्देशनमा तयार भएको यो चलचित्र धु्रब थापा क्षत्री, सुनिल थापा, वुद्दि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, शिशिर वाङ्देल, गीता अधिकारीलगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
पुरा भयो सपना मेरो गीतमा गीतको भिडियोमा ध्रुव थापा र कृष्टि गुरुङले अभियन गरेका छन् । उनीहरुको प्रेम सम्बन्धलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।
भोजराज देवकोटाको पटकथा तथा संवाद, लक्ष्मी कुँवरको प्रस्तुति रहेको इश्वरमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रामेश्वर हुमागाँइको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन छ । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा हरिबहादुर थापा रहेका छन् ।






