डडेल्धुरा । डडेल्धुरादेखी धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार भीमदत्त राजमार्गअन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घण्टेश्वरको घोरडीमा दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् ।
बुधबार बिहान दुर्घटना भइ कार सडकदेखि झण्डै तीन सय मिटर तल खसेको उद्धारमा खटिएका प्रहरी हवल्दार शम्भुसिह धामीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सवारी पास दिईएको पाईएको प्रहरीले जनाएको छ चालक मानबहादुर थापाको खुट्टाको रड निकाल्न धनगढी जानका लागी ४ जनाको लागि जिल्ला प्रशासनले पास दिएको र दुई जनाको सवारी पासमा नखुलाईएको बुझिएको छ ।
घाइते हुनेमा चालक मानबहादुर थापा, रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेको जनाइएको छ । एलिजा र मान्धरीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनामा घाईतेहुनेहरु सवै जना डडेल्धुराकै रहेका छन् दुर्घटनाको कारण भने खुल्न नकेको छैन ।