झाझपट्टि । सिरहामा लकडाउनको समयमा सशस्त्र प्रहरी बलले सीमा नाकामा उच्च निगरानी बढाएको छ । यतिबेला सीमा क्षेत्रका दुबै देशको नागरिकहरुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।
सिरहा जिल्ला छिमेकी राष्ट्र भारतको जिल्ला मधुबनीसँग जोडिएको करिब ४७ किलोमिटरको नाकामा ठाउँ ठाउँमा पाल टाँगेर अस्थायी पोष्ट स्थापना गरी ब्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ७ नम्बर गण सिरहाका प्रमुख एसपी प्रविण कँडेलले जानकारी दिए । ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गर्दै यति बेला देश जोगाउनको लागि बैशाखको चर्को घामको सामना गर्दै सुरक्षाकर्मीहरु २४ घन्टा खटिएको पाइएको छ ।
भारतबाट कोरोना भाइरस संक्रमित व्यक्ति नेपाल छिर्न नपाउन् भनेर उनीहरु सीमामा आफ्नै स्वास्थ्य अवस्थाको प्रवाह नगरी आम जनतालाई सुरक्षित राख्न अहोरात्र सीमामा खटिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट झाझपट्टिका सशस्त्र प्रहरी निरीक्षक कंचन थापाले बताए ।
सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ७ नम्बर गण सिरहाको मातहतमा करिब ४७ किलोमिटरको सीमामा करिब ५ सय ५० सुरक्षाकर्मी परिचालन गरी विशेष निगरानी बढाउनुको साथै लकडाउनको अवज्ञा गर्ने दुबै देशका मानिसहरुलाई कडाई गरी सीमा नाका ठप्प पारिएको सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ७ नम्बर गण सिरहाका सूचना अधिकारी तथा डिएसपी प्रेमबहादुर रावलले बताए ।






