काभ्रेपलाञ्चोक । तीनतले झरना काभ्रेको नयाँ पर्यटकीय गन्तव्य बन्दैछ । काभ्रेको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिकामा तीन तले झरना वर्षौँदेखि आफ्नो सौन्दर्यता शालीनतापूर्वक प्रदर्शन गरिरहेको छ ।
आन्तरिक पर्यटकलाई लोभ्याई रहेको तीन तले झरना हेर्न घुम्नका लागि आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ । सौन्दर्ययताले पोतिएको बेथानचोक–१ च्याम्राङ्गबेँसीस्थित तीन तले झरनामा आन्तरिक पर्यटकको रूपमा दैनिक घुम्न जानेको सङ्ख्या बढेको बेथानचोक गाउँपालिका वडा नं.१ का अध्यक्ष मधुसूदन तिमल्सिनाले जानकारी दिए ।

चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङ्गबेँसीको च्यालम तथा फाइमराङको बिचमा रहेको झरनामा गत वर्षभन्दा यस वर्ष आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । झरना घुम्न हे हेर्नाका लागि आजकाल दिनहुँ जसो कोही न कोही पुगिरहेका हुन्छन्, अझै बिदाका दिनमा झरनासम्म पुग्नेहरूको भीड नै हुने गरेको वडाअध्यक्ष तिमल्सिनाको भनाई छ ।
पछिल्ला केही महिनादेखि झरना बालबालिकादेखि वयस्कसम्मको आकर्षणको केन्द्र नै बनेको पाइन्छ । झरनासम्म पुगेर खिचिएका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न सबै खाले पर्यटक लालायित हुने गरेको देखिन्छ । “झरनाबाट झरेको पानीमा पौडी पोखरी, पोखरी ’round घेरा बार तीन तलामध्येको झरनाको दोस्रो तल्लासम्म अवलोकनका लागि सिँढी तथा घेरा बार निर्माण गरिएको छ, सुरक्षित मनोरञ्जनमा रमाउने पर्यटक दिनभर रमाउने र पुनः दोहोरिने गरेको वडाअध्यक्ष तिमल्सिनाले बताए ।
तीन वटा तला भई बगेका कारण नै तीन तले झरना नामकरण उक्त झरनाको दोस्रो तलासम्म पुगी दोस्रो तला तथा सबैभन्दा तलको तलाको झरनासँगै निर्माण गरिएको पोखरी अवलोकन गर्न सकिन्छ । चिसो, कञ्चन, सङ्लो र शुद्ध पोखरीमा डुबुल्की मार्दै स्नान गर्नु यहाँको अर्को आकर्षण हो । स्थानीय गाउँमा उत्पादित खुवा, मह, तरकारी तथा लोकल मकैको ढिँडो, गुन्द्रुकलगायत परम्परागत खानाको स्वाद लिन पाइने च्याम्राङ्गबेँसीमा आन्तरिक पर्यटक जान थालेसँगै व्यापार व्यवसाय समेत बढ्न थालेको हो ।
झरनासम्म पुग्न क्षेत्रअनुसार फरक–फरक मार्गको उपयोग गर्न सकिन्छ । काभ्रेकै पनौती बसपार्कबाट करिब २५ किलोमिटर सडक यात्रा गर्नुपर्ने हुन्छ । बेथानचोक गाउँपालिकाकै ढुुङ्खर्कदेखि तीन तले झरनासम्मको यात्रा थप रोचक बन्न सक्छ । ’cause हिमाली हावासँगै उत्तरतर्फ लहरमा मिलेर बसेका सेताम्मे हिमाल निकटबाट झैँ नियाल्दै गुवा भन्ज्याङबाट यात्रा सुरु गरेपछि रमणीय बस्ती र नवपाखा घुमाउरो सडकले थप मन रोमाञ्चित बनाउने छ ।
पहाडी जङ्गल क्षेत्रको मुहान भएकाले पनि यस झरनामा हिउँदको समयमा पानीको मात्रा केही घटे पनि झरना नसुक्ने भएकाले हिउँदको समयमा पनि झरनाको अवलोकन गर्न र पोखरीमा नुहाउँदै मनोरञ्जन गर्नेहरूका लागि यो स्थल अत्यन्तै आकर्षक बन्दै गएको छ ।






