काठमाडौं । आफ्नो अघिल्लो चलचित्र हात्तिछापले व्यबसायिक सफलता हाँसिल गर्न नसकेको निर्माता किरण नेपालीले बताएका छन् । यसपटक भने स्कृप्टमा निकै मेहनत गरेको भन्दै उनले नयाँ चलचित्र ‘कल्ली’ निर्माणको घोषणा गरेका छन् । कर्णालीका बासिन्दाको सँघर्षपूर्ण कथा यो चलचित्रमा समेटिने भएको छ ।
रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा यो नयाँ चलचित्र निर्माण हुँदैछ । चलचित्रको मुख्य भूमिकामा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल चयन भएका छन् ।
भदौबाट छायाँकन सुरु गरिने भनिएको यो चलचित्रमा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । चलचित्र बुलाकी पछि लक्ष्मणले यो चलचित्र निर्देशन गर्न लागेका हुन् । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ । यसको निर्माण प्रमुख सुरज आचार्य हुन् ।
चलचित्रको निर्माण घोषणासँगै निर्माण पक्षले फस्ट लुक्सको रुपमा मँगलबार दुई वटा पोष्टर समेत सार्वजनिक गरेको छ । फस्ट लुक्सले पल र बेनिशाको चरित्र दर्शाएको छ । यो फिल्मलाई आगामी नयाँ बर्षको अबसर पारेर २९ चैतबाट रिलिज गरिने पनि निर्माता किरणले बताएका छन् । अब वर्षा कम भएपछि कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा यसको छायाँकन गरिने पनि उनले बताए ।






