लकडाउनमा बन तस्करी, ८ जना शिकारी पक्राउ


जनकपुरधाम । लकडाउनको बेला वन तस्करीमा संलग्न विरुद्ध वन कार्यालयहरुले प्रदेश २ मा विशेष अभियान चलाएको छ । यसैक्रममा बाराको चैतापुर वनबाट अबेरराती ८ जना शिकारीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुबाटबाट भाला ३, बन्चरो १, टर्चलाइट १,जाल १ बरामद गरिएको जिल्ला वन कार्यालयका अधिकृत मनजुर अहमदले वताए ।

पक्राउ पर्नेमा २३ वर्षय शिवनारायण माझी, २५ वर्षिय रमेश माझी, ३० वर्षिय भजेन्द्र साह, ३२ वर्षिय यादव घिमिरे २२ वर्षिय दिपक भण्डारी, ३२ वर्षिय परमेश माझी, २९ वर्षय बमभोली सहनी, ३८ वर्षिय नारायण चौधरी रहेका छन । पक्राउ परेका सबै वाराको जितपुर सिमरा १७ का रहेका छन ।

वनका गस्ती टोली त्यहाँ पुगेपछि एकजना फरार भएका थिए । यसअघि रौतहटमा दूईतर्फी फायरिङ भएको थियो । प्रदेश २ का उद्योग, वन, पर्यटन महानिर्देशनालयका अधिकृत सुरेश शर्माले भने ‘प्रत्येक जिल्लामा वनतस्कर विरुद्ध विशेष अभियान चलाइएको वताए । प्रत्येक दिन अहिले वनमा गस्ती टोली जाने गरेको जानकारी दिदै उनले भने लकडाउनको फाइदा तस्करहरुलाई उठाउन दिन्न ।’

प्रदेश २ वनको हिसावले उजाड भइरहेको छ । नेपालमा रहेका वन क्षेत्रमध्ये मध्यतराई अर्थात् प्रदेश २ मा सबैभन्दा न्यून वन क्षेत्र रहेको छ ।

यो प्रदेशमा जम्मा ३.९९ प्रतिशत मात्रै वन छ भने जबकि प्रदेश १, ३, ४, ५, ६ र ७ मा क्रमशः १७.१६, १६.५, १२.३६, १४.७४, १७.९० र १७.३४ प्रतिशत वन क्षेत्र रहेको छ (एफआरए २०१५) । उक्त तथ्यांकले के भन्छ भने यो प्रदेशमा पूर्वाधार विकास गर्दा निजी जग्गा खरिद गरी मात्र गर्नुपर्छ, वन क्षेत्र फडानी गर्नु स्थानीय वातावरणसमेतमा घातक हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुर २ फेरी अग्रता बढाउँदैं कांग्रेसका दुर्लभ थापा